विगतका निर्वाचनमा आफ्नै पार्टीका बागी उम्मेदवारको चुनौती झेल्दै आएको कांग्रेसले यस पटक बागीको सामना कम गर्नुपर्ने भएको छ तर टिकट वितरणका क्रममा देखिएको तीव्र असन्तुष्टि र गुटगत प्रतिस्पर्धाका कारण कांग्रेसमा अन्तर्घातको संशय छ । टिकट वितरणमा संस्थापन पक्षले बलमिच्याइँ गरेकाले कतिपय क्षेत्रमा शेखर कोइराला पक्षले अन्तर्घात गर्ने आशंका छ ।