भारतले दियो थप १८० मेगावाट बिजुली निर्यातको औपचारिक जानकारी

काठमाडौँ- भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालबाट थप १८० मेगावाट बिजुली आयात गर्ने निर्णय भएको औपचारिक पत्र आज नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ । प्राधिकरण स्रोतका अनुसार भारतको केन्द्रीय विद्युत् प्राधिकरणको ‘डेजिग्नेटेड अथोरिटी’ ले ढल्केबर–मुजफ्फपुरबाट ११० र टनकपुरबाट ७०...

सम्बन्धित सामग्री

१० वर्षमा १० हजार मेगावाट बिजुली

विद्युत् निर्यातबाट आर्थिक रूपान्तरणको सपना देखिरहेको नेपालका लागि भारतले १० वर्षमा १० हजार मेगावाट (मेवा) बिजुली किन्ने विषयलाई त्यहाँको मन्त्रिपरिषद् बैठकले सहमति दिनु उत्साहको विषय हो । यसबाट भारततर्फ बिजुली निर्यात सम्भावनाको ढोका खोल्ने देखिन्छ । त्यसैले यो निकै सकारात्मक समाचार हो नेपालको जलविद्युत् क्षेत्रका लागि । तर, १० वर्षमा १० हजार मेवा बिजुली उत्पादन गर्ने सामथ्र्य नेपालसँग छ कि छैन, भारतले आफ्नो लगानीको मात्रै बिजुली किन्ने हो कि अन्यको लगानीको पनि उत्पादन किन्ने भनेको हो ? र, नेपालले निर्यातलाई मात्रै प्राथमिकता दिने कि आन्तरिक उपभोगलाई उच्च प्राथमिकता दिनुपर्ने हो जस्ता प्रश्न यसले उठाएको छ । भारतको मन्त्रिपरिषद्ले गरेको निर्णय के हो भन्ने अझै स्पष्ट छैन । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा पनि यसबारे कुनै लिखित सहमति भएको देखिँदैन । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलनमा यो जानकारी दिएका थिए । यस्तोमा भारतले नेपालको बिजुली लैजानेबारे केकस्तो शर्त र प्रावधान राखेको भन्ने सार्वजनिक भएको छैन । जेजस्तो भए पनि खेर गइरहेको पानीबाट बिजुली निकाली भारतलाई बेच्न सकियो भने त्यसले भारतसँगको व्यापारघाटालाई कम गर्न पक्कै मद्दत गर्छ ।  अहिले ऊर्जा सम्मिश्रणको नीतिअनुसार नदीप्रवाही आयोजना पर्याप्त देखिएको भन्दै आयोजना प्रवद्र्धकहरूसँग विद्युत् खरीद सम्झौता गर्न आलटाल र आनाकानी गरिरहेको छ । नेपालले १० वर्षभित्र १५ हजार मेवा बिजुली उत्पादन गर्ने लक्ष्य लिएको पनि ५ वर्ष भइसकेको छ । यो अवधिमा लक्ष्यअनुसार कतिपय आयोजना बनिसक्नुपर्ने हो । तर, लक्ष्यको अनुपातमा उत्पादन भएको देखिँदैन । जति उत्पादन भएको छ त्योमध्ये वर्षायाममा ४५० भन्दा बढी मेवा विद्युत् खेर जाने अवस्था आएको थियो । तर, त्यो बढी भएको बिजुली अहिले भारतलाई बेच्ने गरिएको छ । यो सकारात्मक शुरुआत हो । नेपालकै लगानीमा १५ हजार मेवा बिजुली निकाल्न झन्डै ३३ खर्ब लाग्ने आकलन विज्ञहरूले ५ वर्ष अघि गरेका थिए । त्यतिको रकम स्वपूँजी र बैंकहरूको ऋणबाट लगानी गर्न असम्भव नै चाहिँ देखिँदैन । तर, यसका लागि बजारको सुनिश्चितता पहिलो शर्त हो । अहिले ऊर्जा सम्मिश्रणको नीतिअनुसार नदीप्रवाही आयोजना पर्याप्त देखिएको भन्दै आयोजना प्रवद्र्धकहरूसँग विद्युत् खरीद सम्झौता गर्न आलटाल र आनाकानी गरिरहेको छ । ७ हजार मेवाभन्दा बढी आयोजनासँग खरीद सम्झौता नभएको बताइन्छ । यस्तोे कार्यशैलीले १० वर्षमा १० हजार बिजुली निर्यात सजिलै हुन्छ भन्न सकिँदैन । यद्यपि यसमा भारतीय कम्पनीले उत्पादन गर्ने बिजुलीको हिस्सा निकै ठूलो हुने देखिन्छ । नेपालले विद्युत् निर्यातका साथै आन्तरिक खपतलाई पनि उत्तिकै महत्त्व दिनु जरुरी छ । जति प्रतिव्यक्ति आम्दानी बढ्छ त्यति बिजुली खपत बढ्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै जति विद्युत् आपूर्ति नियमित र स्तरीय बन्दै जान्छ खपत पनि त्यही अनुपातमा बढ्छ भन्ने कुरा लोडशेडिङको अवस्था र अहिलेको अवस्थाले देखाएकै छ । लोडशेडिङका बेला मानिसहरूले ग्यासबाट चल्ने घरायसी उपकरण बढी किन्थे भने अहिले त्यसलाई विद्युतीय उपकरणले विस्थापित गरिसकेको छ । अत: नेपालले आन्तरिक खपतका लागि पनि उच्च प्राथमिकता दिनैपर्छ । विद्युतीय सवारीसाधनको प्रयोग बढ्दा एकातिर बिजुली खपत बढ्छ भने अर्कातिर पेट्रोल र डिजेल आयातलाई प्रतिस्थापन समेत गर्छ । त्यस्तै इन्डक्शन चूल्होले ग्यासको खपत घटाउँछ । यो भन्दा पनि औद्योगिक क्षेत्रमा गुणस्तरीय विद्युतीय आपूर्ति बढाउनेतिर लाग्नुपर्छ किनभने एउटै उद्योगले ठूलो परिमाणमा बिजुली खपत गर्छ । सिमेन्ट र रड उद्योगलाई मात्रै बिजुली नियमित दिन सकियो भने औद्योगिक खपत बढ्छ । त्यसैले भारतले बिजुली लैजान्छु भन्छ भने त्यो निकै सकारात्मक हो । तर, आन्तरिक खपतलाई पनि उत्तिकै प्राथमिकता दिएर वर्तमान वितरण प्रणालीलाई सुधार गर्नु आवश्यक देखिन्छ ।

भारतले अनुमोदन गर्‍यो नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र

फाइल फोटो काठमाडौँ । भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिकरुपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले जानकारी दिएका छन् । दुई देशबीच गत जेठमा यस विषयमा सहमति भएको थियो । सामाजिक सञ्जाल […]

कोइलाको मूल्य बढ्दा भारतमा बिजुली सङ्कट, नेपालमा फेरि लोडसेडिङ सुरु

भारतले मागे जति बिजुली दिन नसकेपछि फेरि लोडसेडिङ सुरु भएको छ । नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो । भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ ।प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा सङ्कटका कारण भारतले ३ दिन यता मागे जति बिजुली दिन नसकेको बताए । उनले अन्तर्रा

नेपालले पायो भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति

काठमाडौं, २३ चैत्र । नेपालले भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री पम्फा भुसालले भारतलाई ३२५ मेगावाट बिजुली बेच्न स्विकृति नेपालले पाएको जानकारी दिएकी हुन् । भारतले ३९ मेगावाट बिजुली निर्यात गर्न यो भन्दा पहिले स्वीकृती दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणको […]

थप ३२५ मेगावाट बिजुली नेपालबाट बेच्न भारतले दियो अनुमति

भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति दिएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा बिजुली बेच्न अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषालले जानकारी दिइन् ।

नेपालले पायो थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न अनमुति

काठमाडौँ- भारतले नेपाललाई ३ सय २५  मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमण लगत्तै भारतले ३ सय २५ मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको उर्जा मन्त्री पम्फा भुषालले जानकारी दिइन् । आज उर्जा मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री भुषालले भारतले यसअघि जम्मा ३९ मेगावाट बिजुली निर्यातको अनुमति […]

नेपालले थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न पाउने

काठमाडौँ । भारतले थप ३२५ मेगावाट बिजुलीलाई आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिएकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण लगत्तै त्यहाँको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका […]

थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न नेपालले पायो अनमुति

काठमाडौँ- भारतले थप ३२५ मेगावाट बिजुली आफ्नो बजारमा बेच्न नेपाललाई अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार गरेको पत्रकार सम्मेलनमा नेपालमा उत्पादित थप ३२५ मेगावाट बिजुली भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी गराएकी छन्। भारतको ऊर्जा मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगत्तै नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप तीन […]

नेपालकाे थप ३ सय २५ मेगावाट बिजुली किन्न भारत सहमत

काठमाण्डाै – भारतले नेपालका चार वटा आयोजनाबाट उत्पादित थप तीन सय २५ मेगावाट बिजुली किन्न सहमति जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आज बुधवार पत्रकार सम्मेलन गरेर भारतले विद्युत् प्राधिकरणका तीन वटा सहायक कम्पनी र एउटा निजी कम्पनीले उत्पादन गरिरहेको थप तीन सय २५ मेगावाट बिजुली भारतको प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको जानकारी दिनुभयो ।  गएको शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भएको सम्झौतापछि भारतले नेपालबाट थप बिजुली लिने ...