नेपालले भारतलाई थप ३२५ मेगावाट बिजुली बिक्रि गर्न पायो अनुमति, कुन कुन आयोजनाको लान्छ ?

नेपालले भारतलाई थप ३२५ मेगावाट बिजुली बिक्रि गर्न पाउने भएको छ। भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति दिएको हो।नेपालले यस अघि नै ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको थियो । हालसम्म भारतले त्रिशुली र देवीघाट आयोजनाको कूल ३९ मेगावाट बिजुली नेपालबाट लिने गरेको थियो । अहिले थप ३२५ मेगावाट बिजुली बिक्रि गर्न पाउने भएसंगै अब नेपालले  कुल ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न पाउने प्राधिकरणले जनाएको छ।  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यातका लागि स्वीकृति पाएको जानकारी दिएको हो ।नेपालले यो बिजुली विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिक्री गर्नु पर्ने छ । जसमा माग र आपूर्तिका आधारमा मूल्य निर्धारण हुने छ ।  भारतले कालीगण्डकी ‘ए’ (१४४ मेगावाट), लिखु–४ (५२.४ मेगावाट) मध्य मर्स्याङ्दी (७० मेगावाट), मर्स्याङ्दी (६९ मेगावाट) त्रिशुली र देवीघाट (३९ मेगावाट) गरी ३७५ मेगावाटको बिजुली निर्यात गर्ने अनुमति दिएको हो। हाल नेपालले भारतबाट नै बिजुली आयात गरिरहेको छ तर वर्षाको समयमा भने नेपालमा बढी बिजुली उत्पादन हुने हुँदा भारतलाई सरप्लस बिजुली बिक्ति गर्न सक्ने बाटो खुला भएको छ।  प्रधानमन्त्री शेर बहादुर देउवाले हालै गरेको भारत भ्रमणको क्रममा २ देशबीच उर्जा क्षेत्रमा थप सहकार्य गर्ने सहमति भएको थियो । त्यस कै कार्यन्वयनको क्रममा भारतले नेपाललाई थप बिजुली निर्यातको अनुमति दिएको हो।