सार्वजनिक निकायमा हुने भ्रष्टाचार र अनियमितता छानबिन गर्ने निकाय राष्ट्रिय सतर्कता केन्द्रले आरोपीहरूको नाडी मात्र छामेर छाड्ने काम गर्दै आएको पाइएको छ ।
प्रत्येक वर्ष करीब १ हजारको हाराहारीमा उजुरी पर्ने गरेको भए पनि छानबिनपछि अधिकांशलाई उन्मुक्ति दिने गरिएको छ ।
उजुरी परेपछि केन्द्रले छानबिन समिति गठन गर्छ । समितिले छानबिन पनि गर्छ, तर प्रतिवेदनमा प्रायः सबैलाई सफाई दिने गरेको देखिएको छ । ९० प्रतिशतभन्दा बढी उजुरीमा केन्द्रले सफाइ दिने गरेको छ ।
केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले दिएको तथ्यांकअन...