लुम्बिनी बौद्ध विश्वविद्यालयको बेथिति छरपस्ट, रजिस्ट्रारकै नियुक्तिमाथि प्रश्न

लुम्बिनी बौद्ध विश्वविद्यालयको एकपछि अर्को गरेर बेथिति बाहिर आउन थालेको छ । यतिसम्मकी विश्वविद्यालयका रजिस्ट्रारकै नियुक्तिमाथि प्रश्न उठेको छ । यस्तै शैक्षिक योग्यता नै नपुगेका व्यक्तिलाई उपप्राध्यापकमा नियुक्त गरेको समेत पाइएको छ ।विश्वविद्यालयभित्र देखिएको बेथितिका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका सरोकोरवाला निकायमा उजुरी परेको छ । विद्यार्थीका तर्फबाट परेको उजुरीमा विभिन्न आरोप लगाइएको छ ।उजुरीमा लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीले कानुन नमान्