काठमाडौं : कानुनअनुसार १ हजार १५८ जना शिक्षकहरूले सम्पत्ति विवरण नबुझाएको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष ०७८/७९ मा सम्पत्ति विवरण नबुझाएपछि उक्त शिक्षक तथा कर्मचारीहरूको सूची अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई बुझाएको छ।राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ९ र १० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले नियमित रूपमा सम्पत्ति विवरण पेस गरे नगरेको सम्बन्धमा अनुगमन गर्दा कुनै व्यक्तिले सम्पत्ति विवरण पेस गरेको नदेखिएमा केन्द्रले त्यस्तो व्यक्तिउपर ऐन