झन्झन् खस्कँदो शैक्षिक स्तर

पुँजीवादी मुलुकले मात्र होइन साम्यवादी मुलुकले समेत शिक्षा क्षेत्रको सुधार गर्ने हेतुले अचेल लगानी बढाइरहेका छन् । नागरिकलाई प्रतिस्पर्धी, क्षमतावान् तथा सृजनशील बनाउन सके मात्र देश विकास हुने हो । यसको मुख्य आधार शिक्षा हो । शिक्षाले योग्य र सीपयुक्त जनशक्ति निर्माण गर्छ । अशिक्षित र अदक्ष नागरिकको सहाराले कुनै पनि मुलुक माथि उठ्न सक्दैन । मुलुकको समग्र प्रगतिका लागि त्यहाँको शिक्षा प्रणाली र सिकाइस्तर प्रभावकारी हुनु नितान्त जरुरी छ ।

सम्बन्धित सामग्री

खस्कँदो विद्यालय शिक्षा

सरकारले मुलुकको शैक्षिक प्रणालीमा समयानुकूल परिवर्तन तथा परिमार्जन गर्दै आएको भए पनि मूल आधार भनेको विसं २०२८ मा लागु गरिएको नयाँ शिक्षा योजना नै हो । १० कक्षासम्मको शिक्षालाई माध्यमिक शिक्षा मानेर यसभन्दा माथि अध्ययन गर्नका लागि माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुपर्ने प्रावधानमा समेत समयानुकूल परिवर्तन गरिएको देखिन्छ । यसै गरी कक्षा १२ सम्मको शैक्षिक प्रणालीमा पनि सरकारले क्रमशः सुधार गर्दै आएको छ । संविधानले नै आधारभूत तहसम्मको शिक्षा सबै नागरिकलाई अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक स्थापित गरेको छ । एक दशकयता आधा

त्रिविको जोड गुणस्तरमा कि संख्यामा ?

प्राज्ञिक अभ्यास र शैक्षिक गुणस्तरमा क्षमतावान् हुनुपर्ने त्रिभुवन विश्वविद्यालय औचित्य र आधिकारिकता नभएको कीर्तिमानको पछि लाग्नु उदेकलाग्दो छ । उत्तीर्ण विद्यार्थी संख्या धेरै देखाएर कीर्तिमान कायम गर्ने त्रिविको होड खस्कँदो शैक्षिक स्तरका कारण बढ्दो आलोचनालाई ढाकछोप गर्ने प्रपञ्चबाहेक केही होइन ।

शैक्षिक सुधारको मार्ग

नेपालको शिक्षाको उपलब्धि निरन्तर खस्कँदो गतिमा छ– कोभिड र कोभिडोत्तर कालमा पनि । त्यसो त यो खस्कँदो अवस्था कोभिडले मात्र होइन, कोभिडपूर्व पनि ओरालै गतिमा थियो । उदार कक्षा नीति र अक्षराङ्कनका नाउँमा गरिएका अभ्यास उत्पादकभन्दा प्रत्युत्पादक बन्न पुगेको देखिन्छ । शिक्षालाई घोकन्तेभन्दा अभ्यासमुखी बनाउने नाउँमा अपेक्षित पूर्वाधारको अभावमा न यो पश्चिमा देशझैँ प्रविधियुक्त बन्न सक्यो न त ज्ञानमुखी नै रह्यो ।

नसुध्रिएको विद्यालय शिक्षा

नेपालको शैक्षिक प्रणाली खस्कँदो अवस्थामा छ । सुधारका लागि प्रयास नै नभएका होइनन् । तर कर्मकाण्डी प्रशासन प्रणाली, कमजोर व्यवस्थापन, अदूरदर्शिता र दिशाविहीनता, अनुत्तरदायी सरकार र यसको बलियो सङ्कल्पको अभावमा देशको शिक्षा अभिभावकविहीन अवस्थामा पुगेको छ ।

हेपिएका शिक्षक र खस्कँदो शैक्षिक उपलब्धि

शिक्षामा लगानी, प्रक्रिया र प्रतिफल निरन्तर चल्ने प्रक्रिया हुन् । लगानीअनुसारको परिणाम खोज्नु सर्वथा जायज मात्र होइन सान्दर्भिक पनि हो । यसो भएन भने ‘शैक्षिक लगानी बालुवामा पानी’ हुन्छ । राम्रो परिणामका लागि प्रक्रिया पनि उपयुक्त हुनुपर्छ । यी तीनवटाको समन्वयात्मक मिलनबाट मात्र शिक्षा उँभो लाग्छ । लगानी सन्तोषजनक चालू आर्थिक वर्षका लागि सरकारले शिक्षा […] The post हेपिएका शिक्षक र खस्कँदो शैक्षिक उपलब्धि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

शिक्षकलाई नियमित गराउन विद्यालयमा विद्युतीय हाजिरी

कञ्चनपुर : ढिलो गरी विद्यालय आउने र निर्धारित समय पूरा नहुँदै बाहिरीने शिक्षकलाई अंकुश लगाउन शुक्लाफाँटा नगरपालिकाका दुई विद्यालयले विद्युतीय हाजिरी सुरु गरिएको छ। शिक्षकको उपस्थितिलाई नियमित गर्दै पठनपाठन प्रभावकारी बनाउने उद्देश्यले नगर क्षेत्रमै पहिलो पटक विद्युतीय हाजिरीको व्यवस्था गरिएको हो। विद्यालयको खस्कँदो शैक्षिक ...

प्राविधिक शिक्षामा जोड दिनुपर्छ: उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी विद्यालयको खस्कँदो शैक्षिक नतिजा र निजी विद्यालयको महँगो शिक्षा प्रणाली अहिलेको चुनौतीका रुपमा रहेकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन्।