शैक्षिक सुधारको मार्ग

नेपालको शिक्षाको उपलब्धि निरन्तर खस्कँदो गतिमा छ– कोभिड र कोभिडोत्तर कालमा पनि । त्यसो त यो खस्कँदो अवस्था कोभिडले मात्र होइन, कोभिडपूर्व पनि ओरालै गतिमा थियो । उदार कक्षा नीति र अक्षराङ्कनका नाउँमा गरिएका अभ्यास उत्पादकभन्दा प्रत्युत्पादक बन्न पुगेको देखिन्छ । शिक्षालाई घोकन्तेभन्दा अभ्यासमुखी बनाउने नाउँमा अपेक्षित पूर्वाधारको अभावमा न यो पश्चिमा देशझैँ प्रविधियुक्त बन्न सक्यो न त ज्ञानमुखी नै रह्यो ।