काठमाडाैँ – दायित्व वाङ्मय प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्। दायित्व वाङ्मय विशिष्ट सम्मान शशि पन्थी र रमेश गोर्खालीलाई तथा दायित्व वाङ्मय सम्मान विष्णुबहादुर सिंह […]