‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार' घोषणा, रातोपार्टीकर्मी गिरीलाई पत्रकारिता पुरस्कार

राष्ट्रपतिबाट वितरण हुने ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै वर्ष २०७८ को पुरस्कार तथा सम्मान घोषणा गरेको हो ।नेपाली मौलिक गीत, संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरुलाई प्रदान गरिने पुरस्कार तथा सम्मान मध्ये यो वर्षको ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मन बहादुर मुखिया, रेकडिष्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, संगीत संयोजक फणिन्द्र राई, गायक बिके रान