निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली छपाइलाई तीव्रता दिएको छ। आयोगले केन्द्रीय कार्यालयबाट मुलुकभरका प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रको छुट्टाछुट्टै मतदाता नामावली छपाइ कार्यलाई तीव्रता दिएको हो। जसमा मतदान केन्द्र नै तोकिएर नामावली छपाइ भइरहेको आयोगले जनाएको छ। उक्त फोटोसहितको नामावलीको प्रति निर्वाचन सामग्रीसँगै प्रत्येक निर्वाचन क्षेत्रमा […]