शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले बैठक भत्ताको रकमबाट युवालाई खेलकुदका सामग्री खरिद गरी हस्तान्तरण गरेका छन् । उनले नगरपालिकाको कार्यपालिका बैठकबाट प्राप्त भत्ताको रकम जम्मा गरी क्रिकेट, फुटबल र भलिबल खेलका लागि आवश्यक सामग्री उपलब्ध गराएका हुन् । रु १३ हजार ४७० र अपुग रु २० हजार रकम व्यक्तिगतरूपमा व्यवस्था गरी खेलकुद सामग्री उपलव्ध गराइएको उनले जानकारी दिए । युवामा खेलकुदप्रतिको रुचि बढ्दै गएपछि खेलकुद सामग्रीको अभाव हुन नदिनका लागि भत्ताको