खलङ्गा । जिल्ला कारागार जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएको छ । चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले कैदीबन्दीलाई खेलकुदका सामग्रीसँगै फिल्टर प्रदान गरेकी हुन् । ‘जनतासँग नगरउपप्रमुख कार्यक्रम’ अन्तर्गत सो सामग्री उपलब्ध गराएको उपप्रमुख न्यौपानेले बताइन् । कारागारमै पुगेर उपप्रमुख न्यौपानले दुई सेट भलिबल, चार सेट ब्याटमिन्टन र एक सेट क्यारमबोर्ड उपलब्ध गराएकी हुन् । […]