रेडक्रसद्वारा खेलकुद सामग्री हस्तान्तरण

काठमाडौँ – नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले विभिन्न विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । ‘नयाँ पुस्ताका लागि सडक सुरक्षा कार्यक्रम’ कार्यान्वयनका क्रममा खरिद गरिएका स्टेशनरी तथा खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरिएका हुन् । काठमाडौँं महानगरपालिका भित्रका २० तथा कीर्तिपुर नगरपालिकाको एउटा सरकारी विद्यालयलाई ती सामग्री उपलब्ध गराएको हो । सामग्री पाउने विद्यालयमा दरबार […]

सम्बन्धित सामग्री

मकवानपुर तेक्वान्दोलाई म्याट

जिल्लामा तेक्वान्दो खेलको विकासका लागि हेटौंडा उपमहानगरपालिकाले खेलकुद सामग्री हस्तान्तरण गरेको छ । तेक्वान्दो खेलमा आबद्ध रहेका खेलाडीलाई प्रशिक्षण गर्न सहज होस् भनेर उपमहानगरपालिकाले ६४ थान भुइँमा बिछ्याउने म्याट हस्तान्तरण गरेको हो ।

तेक्वान्दोलाई उपमहानगरबाट म्याट

हेटौंडा । नगरमा तेक्वान्दो खेलको वृद्धिविकासका लागि हेटौंडा उपमहानगरपालिकाले खेलकुद सामग्री हस्तान्तरण गरेको छ । तेक्वान्दो खेलमा आवद्ध खेलाडीलाई प्रशिक्षणमा सहजताका लागि उपमहानगरपालिकाले ६४ थान म्याट हस्तान्तरण गरेको हो । करिब १ लाख ५० हजार रुपियाँ बराबरको म्याट उपमहानगर प्रमुख मीनाकुमारी लामाले तेक्वान्दो संघ मकवानपुर अध्यक्ष लालकाजीरत्न बज्राचार्यलाई हस्तान्तरण गरेकी हुन् ।खेल सामग्री हस्तान्तरण गर्दै […]

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको छ ।सोही कार्यक्रमअन्तर्गत बैंकको बैतडी पाटन शाखाले भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको हो । विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रममा सो खेलकुद सामग्रीहरु हस्तान्तरण गरिएको हो ।यस क्षेत्रले भलिबल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रि«य खेलाडीहरु उत्पादन गरिसकेकाले यस क्षेत्रका खेलाडीलाई खेलप्रति […]

महालक्ष्मी विकास बैंकले बाँड्यो खेलकुद सामग्री

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ– संस्थालाई सहयोग गर्दै आएको छ । बैंकको बैतडीस्थित पाटन शाखाले पाटन–४ स्थित भूमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकले खेलकुद सामग्री हस्तान्तरण गरेको हो । पाटन क्षेत्रले भलिबलमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गरिसकेकाले यहाँका खेलाडीलाई खेलप्रति थप हौसला दिन तथा खेल विकासमा सहयोग पुर्‍याउन खेल सामग्री वितरण गरिएको बैंकका पाटन शाखा प्रबन्धक विजय शाहले बताए । बैंकको सहयोगबाट विद्यालयको खेलकुद विकासका लागि सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दको धारणा छ । हाल बैंकले १०३ शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

महालक्ष्मी विकास बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको बैतडीस्थित पाटन शाखाले पाटन नगरपालिकास्थित वडा नम्बर ४ को भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।...

महालक्ष्मी विकास बैंकद्वारा बैतडीको भुमेश्वर माविलाई खेलकुद सामग्री हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैक लिमिटेडले बैतडीको भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । बैतडीको पाटन शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ । विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा लाग्नका लागि सहयोग पुगोस् भन्ने उदेश्यका साथ खेलकुदका सामग्री हस्तान्तरण गरिएको पाटन शाखाका प्रबन्धक बिजय शाहले जानकारी दिए । […]

नमूना खेलकुद क्लबलाई नमस्तेको साथ

काठमाडौँ– गोदावरी नगरपालिका–३ स्थित नमूना खेलकुद क्लबका खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको छ । गोदावरीस्थित नासा खेलकुद क्लबलाई नमस्ते किचनले ५० हजार रूपैयाँ बराबरको फुटबल जर्सीलगायत खेल सामाग्री प्रदान गरेको हो । बुधबार आयोजित कार्यक्रममा नमस्ते किचनका सञ्चालक दिनेश लामाले नासा खेलकुद क्लबका अध्यक्ष डम्बरबहादुर स्याङतान, सल्लाहकार चित्र लामालाई जर्सी तथा खेल सामग्री हस्तान्तरण गरेका […]

धादिङमा सक्रिय बन्दै सुरभी फाउन्डेसन, खेलकुद सामग्री हस्तान्तरण

काठमाडौं । समाजसेवी कविन शाक्यको अगुवाइमा संचालित सुरभी फाउन्डेसनले धादिङको गजुरी गाउँपालिकाको गजुरी सामुदायिक विकास समाजलाई खेलकुद सामाग्री प्रदान गरेको छ । खेलकुदको विकास र खेल क्षेत्रमा सक्रिय युवाहरुलाई लक्षित गरी समाजका अध्यक्ष कवि बर्तौलालाई फुटबल, भलिवल, ब्याटमिन्टनलगायतका आवश्यक खेल सामाग्री सुरभी फाउन्डेसनका अध्यक्ष कविन शाक्यले हस्तान्तरण गर्नुभएको हो । गजुरी गाउँपालिका भित्रका विभिन्न स्थानमा […]

चीन सरकारले दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयाेग गर्‍याे

काठमाण्डाै – चीन सरकारले काठमाण्डाैकाे दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयोग गरेकाे छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा चीन सरकार र चिनियाँ नागरिककाे तर्फबाट लेखन सामग्री (स्टेशनरी), खेलकुद सामग्री, स्वास्थ्य सामग्री, पाेसाक सहयोग गरेको छ ।  शुक्रवार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले आफैले पूनर्निर्माण गरेको विद्यालयमा सहयोग निरन्तर प्राप्त भइरहेक...

https://nagariknews.nagariknetwork.com/sports/256232-1593261684.html

विराटनगर–११ मा रहेको विराट बुद्ध स्पोर्टङ क्लबलाई शनिबार एक कार्यक्रमकाबीच खेलकुद सामग्री प्रदान गरिएको छ । क्लबले शनिबार आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य यशोदा अधिकारीले क्लबलाई फुटबल खेलका खेलकुद सामग्री हस्तान्तरण गरेकी छन् । दुई लाख ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री क्लबलाई प्रदान गरिएको क्लबका सचिव खेम थापाले बताए ।