इन्डियन प्रिमियर लीग (आईपीएल) को यस सीजनमा चार खेलाडी र दुई कोचिङ स्टाफ कोरोना संक्रमित भएपछि हाललाई लीग स्थगित गरिएको छ ।
फेरि कहिले खेलहरू गराउने निश्चित छैन । केही सञ्चारमाध्यमले टी–२० विश्वकप सकिएपछि यसलाई पुनः सञ्चालन गर्न सकिने पनि लेखेका छन् ।
तर देशको स्थिति सामान्य भएन र आईपीएल पूरै रद्द गर्नुपरेछ भने क्रिकेट बोडैलाई लगभग दुई हजार करोड भारु घाटा लाग्छ । अनि भारतले यसै वर्ष गर्न लागेको टी–२० विश्वकपलाई पनि असर पर्छ ।
भारतलाई विश्वकपको आयोजक नबनाउने निर्णय गरियो भने बीसी...