काठमाडौं : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता आज हुँदैछ। प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ क्षेत्रमा हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो। त्यसका लागि आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय छुट्ट्याएको ...