सर्वसाधारणका लागि सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सयका दरले ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर निस्कासन गरेको छ । निष्कासित सेयरमा लगानीकर्ताले फागुन ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।