मंसिर २०, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको छैठौ वार्षिक साधारण सभा पुस १४ गते हुने भएको छ ।
सभा अकामा होटल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।
सभाको प्रस्तावमा आईपीओ निष्कासन गर्ने तथा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, आईपीओबाट प्राप्त हुने कुल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीति निर्धारण गर्ने, स्वतन्त्र सञ्चालकको निर्वाचन गर्ने रहेको छ ।
साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।