आइतवारसम्म सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ करीब ८ लाखले भरे

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ फागुन २८ गतेसम्म ७ लाख ८२ हजार २२९ जनाले भरेका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार फागुन २८ गते साँझ ५ बजेसम्म यी आवेदकहरूबाट ९३ लाख १७ हजार ६७० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २ दशमलव १९ गुणा बढी आवेदन हुन आउँछ ।  कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयमा ३३ लाख ३२ हजार ५०० कित्ता, वैदेशिक रोजगारीमा गएका नेपालीमा ४ लाख ९९ हजार ८७५ कित्ता, सामूहिक लगानी कोषमा २ लाख ४९ हजार ९३७ कित्ता र कर्मचारीहरूमा १६ लाख ६६ हजार २५० कित्ता शेयर बाँडफाँट गरिसकिएको छ ।  मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ फागुन ३० गतेसम्म मात्र विक्रीमा रहनेछ । न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले ताप्लेजुङ जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ र प्रतिमेगावाट लागत १८ करोड २६ लाखभन्दा बढी हुने अनुमान गरिएको छ । ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको यस आयोजनाबाट २०८० साल भदौ २६ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ । कम्पनीमा हाल संस्थापकतर्फबाट चुक्ता भएको पूँजी रू. २ अर्ब ३३ करोड २७ लाख ५० हजार रूपैयाँ रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ३३ करोड २५ लाख कायम हुनेछ । संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीमा सर्वसाधारणतर्फ स्थानीयमा १० प्रतिशत, कर्मचारीमा ५ प्रतिशत र वैदेशिक रोजगारीमा रहेको नेपाली कामदार तथा सामूहिक लगानी कोषसहित सर्वसाधारणमा १५ प्रतिशत शेयर कायम हुनेछ ।

सम्बन्धित सामग्री

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ आइतवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको कुल ३ करोड ३३ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब सोमबारदेखि कम्पनीको शेयर धितोपत्र दोस्रो बजारको कारोबारमा आउनेछ ।  नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ९८ दशमलव ४३ देखि अधिकतम रू. २९५ दशमलव २९ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीले स्थानीय बासिन्दाका लागि निष्कासन गरेको ३३ लाख ३२ हजार ५ सय कित्ता, कम्पनीका कर्मचारीहरूको लागि वितरण गरेको १६ लाख ६६ हजार २५० कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको ४९ लाख ९८ हजार ७५० कित्ता र संस्थापकहरूले लगानी गरेको २ करोड ३३ लाख २७ हजार ५०० कित्ता गरी कुल ३ करोड ३३ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।  कम्पनीको स्टक सिम्बोल टीएएमओआर रहेको छ । साथै सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा सानिमा क्यापिटल लिमिटेड नक्सालबाट हुने कम्पनीले जानकारी दिएको छ ।

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँट

८ चैत, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि नियुक्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल बुधबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले २६ फागुनदेखि ३० फागुनसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर […]

सानिमा मिडिल तमोरको आईपीओ बुधवार बाँडफाँट हुने, कति जनाले कति पाउँछन् शेयर ?

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ आगामी बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधवार बिहान १० बजे क्यापिटलको कार्यालयमा बाँडफाँट हुनेछ ।  कम्पनीको आईपीओमा १४ लाख १२ हजार १३ जनाले १ करोड ६२ लाख ४० हजार ९४० कित्ताका लागि आवेदन दिएका छन्, जसमा ४ लाख २४ हजार ८९३ जना आवेदकले १० कित्ता दरले आइपीओ प्राप्त गर्ने छन् भने बाँकी ८ कित्ता शेयर आठ जनाले ११ कित्ताका दरले पाउनेछन् ।  कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरेको थियो, जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  कम्पनीले ताप्लेजुङमा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यही आयोजना निर्माणका लागि कम्पनीले आईपीओ जारी गरेको हो । यस आयोजनाको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ छ ।

७३ मेगावाटको आयोजना बनाइरहेको सानिमा मिडिल तमोरको आईपीओ खुल्यो

सर्वसाधारणका लागि सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सयका दरले ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर निस्कासन गरेको छ । निष्कासित सेयरमा लगानीकर्ताले फागुन ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

दुई हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही फागुन २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले एक सय दरका ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने भएको छ । यसअघि कम्पनीले आफ्नो जारी पुँजी तीन […]

प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेकालाई सानिमा मिडिल तमोरको आईपीओ

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) तथा बिक्री खुला गरेको हो ।

सानिमा मिडिल तमोर हाइड्रोको ३३ लाख आईपीओ निष्कासनमा आउने

सानिमा मिडिल तमोर हाइड्रोपावरको ३३ लाख कित्ता शेयर निष्कासन अन्तिम चरणमा पुगेको छ ।