२०७२ सालको भूकम्पले क्षति पुर्याएको सम्पत्ति ५२ प्रतिशत पुनरुत्थान भएको एक अध्ययनले देखाएको छ । शनिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा भूकम्पपछि नेपालमा क्षतिग्रस्त सम्पत्तिको पुनरुत्थान कसरी भयो त्यस सम्बन्धी गरेको विस्तृत अध्ययन गरिएको छ ।त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको नेतृत्वमा गरिएको अध्ययनमा भूकम्प गएको पाँच वर्षमा मानिसहरूसँग भएको जीवन चलाउने स्रोत उत्पादनशील सम्पत्तिको पुनरुत्थान कसरी सम्भवका विषयमा बढी केन्द्र