उत्तर कोरियाली ह्याकरहरूले ५ वर्षको अवधीमा जापानबाट ७२१ मिलियन डलर बराबरको क्रिप्टो चोरेको रिपोर्ट बाहिरिएको छ । अमेरिकी ब्लकचेन विश्लेषक संस्था इलिप्टिकलाई उद्धृत गर्दै जापानी समाचार संस्था निक्केईले प्रकाशित गरेको एक रिपोर्टका अनुसार सन् २०१७ देखि सन् २०२२ का ५ वर्षमा उत्तर कोरियाली ह्याकरहरूले जापानी लगानीकर्ताबाट ह्याक गरेर झन्डै ७२१ मिलियन अमेरिकी डलर बराबरको क्रिप्टो मुद्रा चोरेका हुन् ।