काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन्। कांग्रेसले पार्टीलाई सुदृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियानअन्तर्गत धनुषामा खटिएका नेता महरले सरकार जनताको जनजिविकाको सवालमा गम्भीर नरहेको आरोप लगाएका हुन्। जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले गठबन्धनको साझा अवधारणाअनुरूप जनताको पक्षमा सरकारले काम नगरेको भन्दै आपत्ति जनाए। […]