अर्थ मन्त्रालयअन्तर्गतका विभागले गर्ने काम
१. अर्थ मन्त्रालयअन्तर्गतका विभागले गर्ने कार्यबारे छोटकरीमा लेख्नुहोस् ।
मुलुकको बजेट तयार गर्ने, राजस्व नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने गराउने, आर्थिक नियन्त्रण गर्ने अर्थ मन्त्रालय मुलुकको राजस्व तथा बजेट प्रशासनको केन्द्रीय निकाय हो । सबल वित्तीय र आर्थिक व्यवस्थापनको माध्यमबाट दिगो, फराकिलो तथा उच्च आर्थिक वृद्धिदर हासिल गरी समग्र अर्थतन्त्रको क्षमता अभिवृद्धि गर्ने दृष्टिकोण लिएको यस मन्त्रालयअन्तर्गत हाल केन्द्रीय कार्यालयका रूपमा महालेखा नियन्त्रक कार्यालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालय पर्छन् । आन्तरिक राजस्व विभाग, भन्सार विभाग र सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र विभागका रूपमा रहेका छन् । यी निकायले गर्ने कार्यलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
क. महालेखा नियन्त्रक कार्यालयले गर्ने कार्य ः
– सङ्घ, प्रदेश र स्थानीय तहको आय–व्ययको केन्द्रीय लेखा तयार गरी प्रतिवेदन गर्ने,
– भुक्तानी बाँकी रकमको विवरण सङ्कलन गरी केन्द्रीय विवरण तयार गर्ने,