राजनीतिक कोर्ष हप्ता दिनमा परिवर्तन हुने प्रचण्डको उद्घोष, कठोर निर्णयको तयारीमा नेपाल लाग्दा जसपा भन्छ, ‘ओलीलाई न समर्थन, न विरोध’

काठमाडौं :  फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अस्तित्वमा रहेको फैसला गरेपछी माओवादी र एमालेका नेता आ-आफ्नो पुरानै पार्टीमा लागे। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनका विरुद्ध मोर्चाबन्दीमा लागेका एमालेका वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फैसला…

सम्बन्धित सामग्री

अर्थतन्त्रले खोजेको अर्थमन्त्री कस्तो ?

सामान्य समयमा मुलुकको अर्थतन्त्र राजनीतिले चलाउने हो । तर अहिले अर्थतन्त्रले राजनीति चलाउने बेला छ र, अर्थमन्त्री बनाउँदा प्रधानमन्त्री र सत्तारुढ दलहरूले सुझबुझपूर्ण निर्णय गर्नुपर्ने अर्थविद्हरु बताउँछन् ।

सरकारलाई दिएको समर्थन कायमै : जनमोर्चा

एमसिसी अनुमोदनप्रति असन्तुष्टि जनाउँदै पाँचदलीय गठबन्धनबाट बाहिरिएको राष्ट्रिय जनमोर्चाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय लिएको छ । देशको राजनीति गलत दिशातर्फ जाने र प्रतिगमन थप सुदृढ हुने...

सुदूरपश्चिमका तीन मन्त्रीले स्पष्टीकरण दिने, तर सरकारबाट नबाहिरिने

धनगढी :  कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीको निर्णय र सुदूरपश्चिम प्रदेश कमिटीको निर्देशनको विपक्षमा सुदूरपश्चिमको संसदीय दलले निर्णय गरेसँगै सुदूरपश्चिमको राजनीति‌ तरंगित भएको छ। नेकपा एमालेका दुई स्पष्ट धार देखिएका छन्।ओली पक्ष र माधव पक्षबीचको विवाद चुलिएको छ। सोमबार स्थायी कमिटीको बैठकले माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने गर्‍यो। एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता आउनसमेत निर्देशन दियो।सोही निर्णयलाई टेक्दै मंगलबार एम

सुदूरपश्चिम सरकार : केन्द्रको निर्णयलाई चुनौती, अब कसरी अघि बढ्छ प्रदेश राजनीति?

धनगढी : सोमबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्‍यो।समर्थन फिर्ता लिँदै एमालेबाट निर्वाचित सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र सरकारबाट फिर्ता आउनसमेत निर्देशन दियो। तर, नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले भने स्थायी कमिटीलाई चुनौती दिँदै सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गर्यो। २४ घण्टाभित्र सरकारबाट फिर्ता हुन दिइएको निर्देशन समेतको मन्त्रीले पालना गरेनन्। संसदीय दलका नेता

बजेटमा अन्योलः सहमति नभए विकल्प अध्यादेश

जनता समाजवादी पार्टी (जसपा)ले वर्तमान सरकारलाई समर्थन नदिने निर्णय गरेपछि आगामी वर्षको बजेट ल्याउन अध्यादेशबाहेक अर्को विकल्प देखिएको छैन। सबै दलबीच बजेटमा राजनीति नगर्ने सहमति

पार्टीको व्यक्त विचारलाई तोडमोड नगर्न सञ्चारमाध्यमलाई मसालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले कतिपय सञ्चारमाध्यमले पार्टीले सार्वजनिक गरेको विचारलाई तोडमोड गरेर प्रकाशित/प्रसारित गरेको भन्दै यथार्थ विवरण प्रस्तुत गर्न आग्रह गरेको छ । प्रतिनिधि सभा पुनर्स्थापनालाई मसालले ‘विरोध गरेको’ भनेर केही समाधार माध्यमले प्रशारित गरेको प्रति पार्टीले आफ्नो धारणा स्पष्ट पारेको हो । बिहीबार विज्ञप्ति प्रकाशित गरी प्रवक्ता रामप्रकाश पुरीले पार्टी महामन्त्री मोहनविक्रम सिंहको भनाईलाई तोडमोड गरिएको भन्दै यथार्थ विवरण प्रस्तुत गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गर्नुभयो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने फैसला गरे लगत्तै मसालले सो कदमको स्वागत गर्दै विज्ञप्ति निकालेको थियो भने बिहीबार महामन्त्री सिंहले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पनि संसद पुनर्स्थापनाप्रति आफ्नो पार्टीको समर्थन रहेको स्पष्ट पार्नुभएको थियो । यस्तो छ, वक्तव्य २०७७ फागुन १३ गते बुटवलमा सम्पन्न पत्रकार भेटघाटमा ने.क.पा.(मसाल)का महामन्त्री का. मोहनविक्रम सिंहले व्यक्त गरेका धारणाबारे कतिपय पत्रपत्रिका वा सञ्चार माध्यममा प्रकाशित कतिपय भ्रामक समाचारप्रति हाम्रो ध्यान आकर्षित भएको छ । विषयलाई स्पष्ट गर्नका लागि यो स्पष्टीकरण जारी गरिएको छ । का. मोहनविक्रम सिंहले पत्रकारहरुसितको भेटघाटमा सर्वोच्व अदालतले संसद पुनर्स्थापनाका पक्षमा दिएको फैसलालाई ने.क.पा.(मसाल)ले स्वागत गरेको बताउनु भएको थियो । त्यसका साथै संसदको विघटनको विरोध र विघटित संसदको पुर्नस्थापनाको पक्षमा संघर्षमा उत्रेका राजनैतिक पार्टी, संघ संस्था, नागरिक समुदाय र जनता समेतलाई धन्यवाद दिनु भएको थियो । सर्वोच्चको फैसलाको लगत्तै उही दिन साँझ दिएको वक्तव्यमा पनि उहाँले त्यही प्रकारको विचार व्यक्त गर्नु भएको थियो र आज बुटवलमा भएको पत्रकारसितको भेटघाटमा पनि त्यही प्रकारको विचार प्रकट गर्नु भएको थियो । त्यो अवस्थामा संसदको पुर्नस्थापनालाई गलत भएको भनेर उहाँले बताएको भनी प्रसारित समाचार पुरै नै असत्य र निराधार भएको कुरा हामीले स्पष्ट पार्न चाहन्छौँ । त्यो सन्दर्भमा संसद पुनर्स्थापना भएपनि सबै राजनीति सीधा र सरल प्रकारले अगाडि बढ्न नसक्ने तथा देशको राजनीतिमा नयाँ समस्या र जटिलताहरु पैदा हुन सक्नेतर्फ पनि उहाँले सङ्केत गर्नु भएको थियो । उहाँको जोड यो कुरामा थियो कि नेकपामा फुट भएको हुनाले देशमा कुनै ...