भेरी बबई सिंँचाइको भौतिक प्रगति ५९ प्रतिशत

निर्माणकार्य सुरु भएको आठ वर्ष बित्दा पनि राष्ट्रिय गौरव आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तीय प्रगति ४३ प्रतिशत हासिल भएको अयोजनाले बताएको छ । टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलो पटक सुरु गरी निर्माण कार्य सुरु भएको उक्त आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ […]

सम्बन्धित सामग्री

भेरी बबई आयोजना : साढे ९ वर्षमा ६५ प्रतिशत भौतिक प्रगति

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा झन्डै साढे ९ वर्षमा ६५ प्रतिशत भौतिक प्रगति भएको छ । आर्थिक वर्ष २०७१/०७२ बाट सुरु गरिएको आयोजनाको म्याद झन्डै साढे ४ बर्ष बाँकी छ । कोरोना महामारी, ठेक्का सम्झौतामा ढिलाइ, कामदार अभाव, समयमै अख्तियारी नआउनु, बाढीलगायत कारण आयोजनाको काममा ढिलाइ भइरहेको हो ।

भेरी–बबई ‘डाइभर्सन’को भौतिक प्रगति : आठ वर्षमा ५९ प्रतिशत

सुर्खेत । निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ। टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलो पटक सुरु गरी  निर्माण कार्य सुरु भएको आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा […]

भेरी–बबई ‘डाइभर्सन’को भौतिक प्रगतिः आठ वर्षमा ५९ प्रतिशत

सुर्खेत - निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले जनाएको छ ।  टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी  निर्माण कार्य सुरु भएको आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्...

भेरी–बबई ‘डाइभर्सन’को भौतिक प्रगति : ८ वर्षमा ५९ प्रतिशत

सुर्खेत –  निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ। टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी  निर्माण कार्य सुरु भएको आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै […]

भेरी–बबई डाइभर्सन आयोजनाको भौतिक प्रगति ५६ प्रतिशत मात्र

आर्थिक वर्ष २०७१/७२ बाट निर्माण आरम्भ भएको यो आयोजना सम्पन्न हुन अझै तीन वर्ष लाग्ने देखिएको छ । आर्थिक बर्ष २०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य लिएर सुरु गरिएको आयोजना कोरोना महामारीको कारण देखाएर ढिलाइ भएको जनाइएको छ ।

भेरी–बबई डाइभर्सन आयोजना सकिन तीन वर्ष लाग्ने, ५६ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म समष्टिगत भौतिक प्रगति ५६ प्रतिशत भएको छ ।

भेरी–बबईको भौतिक प्रगति ५३ प्रतिशत

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको ५३ प्रतिशत भौतिक प्रगति भएको छ । बाह्रै महिना सिँचाई सुविधा पुर्‍ याउने र विद्युत उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको भौतिक प्रगति ५३ प्रतिशत भएको छ । हाल दोस्रो चरणमा बाँध तथा पावरहाउस निर्माणको काम भइरहेको भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजना सुर्खेतका सिनियर डिभिजनल ईन्जिनियर लेखनाथ […]

भेरी–बबई डाइभर्सन आयोजना : लक्ष्य चुम्न ३ सिफ्टमा काम हुँदै

चैत ६, सुर्खेत । भेरी–बबई डाइभर्सन आयोजनाले निर्माण कार्यलाई तीव्रत्तर गतिले अघि बढाएको छ । नेपालमै पहिलो पटक विशेष प्रविधियुक्त सुरुङ (टीबीएम) टनेल बोरिङ मेशिनको प्रयोग गरिएको आयोजनामा अहिले लक्ष्य चुम्न तीन ओटा सिफ्टमा काम द्रुत गतिमा भइरहेको छ । भेरी नदीको पानी बबई नदीमा खसालेर सिंचाइ र विद्युत् उत्पादन गर्ने उक्त आयोजनाको उद्देश्य छ ।  पहिलो चरणमा उत्साहजनक काम गरेको आयोजनाले दोस्रो चरणमा कोभिड महामारी, बन्द हड्ताल जस्ता कारणले केही ढिलाइ भएपनि अहिले बाँधस्थलसँगै पावरहाउस निर्माण कार्यलाई तीव्र पारेको छ ।  आयोजनाले हाइड्रोमेकानिकल (एचएम) सम्बन्धी काम चीनको ज्हेजियाङ ओरिएन्ट इञ्जिनीयरिङ कम्पनीसँग २ अर्ब १३ करोड ७४ लाख ९३ हजार ९१६ रुपैयाँमा सम्झौता गरिएसँगै निर्माण कार्यले तीव्रता दिएको छ । सिभिलअन्तर्गत हेडवर्क्स, विद्युत् गृह र सर्ज साफ्टको काम तीन सिफ्टमा भइरहेको आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इञ्जिनीयर लेखनाथ सुवेदीले जानकारी दिए ।  उनले इलेक्ट्रोमेकानिकल (ईएम) तर्फको टेण्डर भएर अब छिट्टै निर्माण प्रक्रियामा जाने तयारी भएको बताए । ‘पानी डाइभर्ट गरेर मुख्य बाँधस्थलमा ढलान गरी बबईको हात्तीखालमा पावर हाउसको जग खन्ने काम र स्लोप प्रोटेक्सनसाथै सर्ज साफ्ट निर्माणसँगै पाईलिङ्ग कार्यलाई  तीव्रता दिएका छौं,’ उनले भने, ‘तोकिएकै समय अघि जतिसक्दो छिटो सक्न रातदिन नरोकी तीन सिफ्टमा निर्माण कार्य अघि बढाईरहेका छौं ।’  उनले आयोजनाको ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँ लागतमध्ये हालसम्म १४ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको बताए । उनका अनुसार आयोजनाको हालसम्म वित्तीय प्रगति ४५ तथा भौतिक प्रगति ५३ दशमलव ५ प्रतिशत हासिल भएको छ । सरकारले आयोजनाका लागि चालू आवमा विनियोजन गरेको बजेट ३ अर्ब ६ करोड ८३ लाख रुपैयाँमध्ये  करीब ५६ रुपैयाँ खर्च भएको उनले जानकारी दिए । यसअघि आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजना बीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९/ ०८० मा सक्ने कार्यादेश पाएको छ ।  सरकारले आर्थिक वर्ष २०६८/ ६९ मा भेरी बबई डाइभर्सन आयोजनालाई राष्ट्रिय गौरवमा सूचीकृत गर्दै १० वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । हालसम्म समष्टिगतरुपमा अन्य राष्ट्रिय गौरवका आयोजनाको तुलनामा भेरी–बबई डाइभर्सनको प्रगति उत्साहजनक देखिन्छ । सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी - बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ । आन्तरिक स्रोतबाट विद्युत् र सिंचाई पुर्‍याउने उद्देश्यले निर्माण गर्न लागेको यो नेपालकै पहिलो बहुउद्देश्यीय आयोजना हो । यो आयोजना सफल भएमा थप यस्तै प्रकृतिका सात ओटा आयोजना बनाउने सरकारले घोषणा गरिसकेको छ ।

भेरी–बबई डाइभर्सन आयोजना : बाँधस्थल निर्माण तीव्र

सुर्खेत । नेपालमै पहिलोपटक विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टीबीएम) को प्रयोग गरिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्य आयोजना बाँधस्थल निर्माणले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनामा राखिएको यस डाइभर्सन निर्माणको तेस्रो चरणअन्तर्गत हाइड्रोमेकानिकल सम्बन्धी कार्यहरू शुरू भएसँगै बाँधस्थल निर्माणको कामले गति लिएको हो । आयोजनाले हाइड्रोमेकानिकल (एचएम) सम्बन्धी कामका लागि चीनको ज्हेजियाङ ओरिएन्ट इन्जिनीयरिङ कम्पनीसँग २ अर्ब १३ करोड ७४ लाख रुपैयाँमा सम्झौता गरेको छ । अहिले सिभिलअन्तर्गत हेडवकर््स, विद्युत् गृह र सर्ज साफ्टको काम भइरहेको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनीयर लेखनाथ सुवेदीले जानकारी दिए । उनले इलेक्ट्रोमेकानिकल (ईएम) तर्फको टेन्डर भएर छिट्टै निर्माण प्रक्रियामा जाने तयारी भएको बताए । उनका अनुसार अप्रत्याशित वर्षाका कारण बाँधस्थलमा जम्मा भएको पानी पम्पिङ विधिबाट बाहिर निकाल्ने काममा केही समय व्यवधान पुगे पनि हाल तीव्र रूपमा काम अघि बढिरहेको छ । ‘पानी डाइभर्ट गरेर मुख्य बाँधस्थलमा ढलान गरी बबईको हात्तीखालमा पावर हाउसको जग खन्ने काम र स्लोप प्रोटेक्सनका साथै सर्ज साफ्ट निर्माण क्षेत्रमा पाइलिङ कार्य भइरहेको छ,’ उनले भने, ‘काम जतिसक्दो छिटो सक्न दिनको तीन सिफ्टमा काम भइरहेको छ ।’ उनले आयोजनाको ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँ लागतमध्ये हालसम्म १४ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको बताए । आयोजनाको हालसम्म वित्तीय प्रगति ३९ दशमलव ८० तथा भौतिक प्रगति ५३ दशमलव ५ प्रतिशत भएको छ । सरकारले आयोजनाका लागि चालू आवमा विनियोजन गरेको बजेट ३ अर्ब ६ करोड ८३ लाख रुपैयाँमध्ये माघ मसान्तसम्म ५५ करोड ५७ लाख २५ हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिए । यसअघि आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९/८० मा सक्ने कार्यादेश पाएको छ । गत मङ्सिरमा संघीय मन्त्रिपरिषद् बैठकले २२ दशमलव ८१ हेक्टर ऐलानी जग्गाको हकमा क्षतिपूर्ति दिने निर्णय गरेसँगै आयोजना प्रभावित क्षेत्रमा पर्ने ऐलानी जग्गाको विवादसमेत टुंगिएको सूचना अधिकारी सुवेदीले बताए । उनले आयोजना प्रभावित क्षेत्रका छुटेकालाई हाल क्षतिपूर्ति दिने कार्य प्रक्रियामा रहेको जानकारी दिए । उत्साहजनक प्रगति आर्थिक वर्ष २०६८/६९ मा भेरी बबई डाईभर्सन आयोजनालाई राष्ट्रिय गौरवमा सूचीकृत गर्दै १० वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । अन्य राष्ट्रिय गौरवका आयोजनाको तुलनामा भेरी–बबई डाइभर्सनको भौतिक प्रगति सन्तोषजनक देखिन्छ । कोभिड–१९ र अन्य अवरोध आए पनि आयोजना तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्नेगरि काम अघि बढाएको आयोजना प्रमुख हरिनारायण यादवले बताए । उनले चालू आर्थिक वर्षको पछिल्लो ७ महीनामा आयोजनाको ५३ दशमलव ५ प्रतिशत भौतिक प्रगतिलाई उत्साहजनक मान्न सकिने जिकीर गरे । सुर्खेतको भेरीगंगा नगरपालिका–११, चिप्लेबाट १२ किमी २१० मीटर लामो सुरुङमार्फत हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ, जहाँ ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ । संघीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ । सरकारले आन्तरिक स्रोतबाट विद्युत् र सिँचाइ पुर्‍याउने उद्देश्यले निर्माण गर्न लागेको यो नेपालकै पहिलो बहुउद्देश्यीय आयोजना हो । यो आयोजना सफल भएमा थप यस्तै प्रकृतिका सातओेटा आयोजना बनाउने सरकारले घोषणा गरेको छ ।

कछुवा गतिमा भेरी बबई सिँचाइ आयोजना

सुरुमा आयोजनाको निर्माण सम्पन्न गर्ने भनिएको समय सकिन लाग्दा भौतिक प्रगति ५२ प्रतिशत मात्रैमा सीमित छ ।...