राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा झन्डै साढे ९ वर्षमा ६५ प्रतिशत भौतिक प्रगति भएको छ । सरकारले आर्थिक वर्ष ०६८/६९ बाट सुरु गर्ने भनिएको आयोजना ०७१/०७२ बाट मात्र सुरु गरेको थियो । सुरुमा ०७९/८० सम्म सम्पन्न गर्ने गरी थालिएको आयोजनाको म्याद आर्थिक वर्ष ०८४/८५ सम्मका लागि थपेको थियो ।