करोडौंका सामान पाँच वर्षदेखि प्रयोगविहीन

काठमाडौं ।  निर्वाचन आयोगले खरिद गरेको करोडौं मूल्य पर्ने अत्याधुनिक मेसिन र ल्यापटप विगत पाँच वर्षदेखि प्रयोगमा नल्याइएकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । आयोगले २०७४ सालको निर्वाचनअघि १० करोड ५५ लाख ४० हजारको हाइ स्पिड डिजिटल कल प्रिन्टर १ थान र ११ करोड २८ लाख मूल्यको २ थान छाड स्प्रिङ डिजिटल मोनोक्रोम खरिद […]

सम्बन्धित सामग्री

बङ्गलादेशसँग १० वर्षदेखि लगातार व्यापार घाटा

झापा । नेपालले एक दशकयता बङ्गलादेशसँगको व्यापारमा लगातार घाटा बेहोरिरहेको छ । आर्थिक वर्ष २०८०/८१ को चालु आठ महीनामै रु दुई अर्ब ४३ करोड आठ लाख ९० हजार व्यापार घाटा रहेको मेची भन्सार कार्यालयले जनाएको छ । नेपाल र बङ्गलादेशबीच व्यापारका लागि सबैभन्दा छोटो र सहज मार्गका रूपमा पूर्वीनाका काँकरभिठ्ठाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध सुख्खा बन्दरगाह छिचोल्ने ५२ किलोमिटरको पारवहनमार्ग प्रयोग हुँदै आएको छ ।  नेपाल, भारत र बङ्गलादेशबीचको त्रिदेशीय समझदारीअनुसार भूपरिवेष्ठित मुलुक भएकाले नेपालले यो सोझो पारवहनमार्ग पाएको हो । त्रिभुवन विमानस्थलको हवाई मार्गमार्फत हुने व्यापारको अंश निकै कम छ । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७१/७२ यता नेपालले बङ्गलादेशसँगको व्यापार कुनै पनि वर्ष सन्तुलनमा ल्याउन सकेको छैन ।  चालु आवको आठ महीनामा बङ्गलादेशबाट रु दुई अर्ब ५९ करोड ६५ लाख ३१ हजार मूल्य बराबरको मालसामान आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । सोही अवधिमा बङ्गलादेशतर्फ रु १६ करोड ५६ लाख ४२ हजार मूल्य बराबरको सामान निर्यात भएको छ ।  बङ्गलादेशसँग आव २०७९/८० मा रु पाँच अर्ब १८ करोड नौ लाख १३ हजार, आव २०७८/७९ मा रु १० अर्ब ३८ करोड ३० लाख ३५ हजार, आव २०७७/७८ मा रु छ अर्ब ५४ करोड ७४ लाख एक हजार, आव २०७६/७७ मा रु चार अर्ब २४ लाख आठ हजार, आव २०७५/७६ मा रु दुई अर्ब ४४ करोड ५० लाख ३७ हजार र आव २०७४/७५ मा रु ४५ करोड ५५ लाख ६५ हजार व्यापार घाटा भएको भन्सारको तथ्याङ्क छ । यसैगरी, आव २०७३/७४ मा रु दुई अर्ब ८६ करोड ८९ लाख ८१ हजार र आव २०७१/७२ मा रु एक अर्ब ४० करोड ९७ लाख १३ हजार व्यापार घाटा भएको छ । त्यसअघिका चार वर्ष बङ्गलादेशसँगको व्यापार नाफामा रहेको देखिन्छ । आव २०७०/७१ मा आयातको तुलनामा रु ६० करोड ७७ लाख १२ हजार मूल्य बराबरको सामान बङ्गलादेश निर्यात भएको थियो । उक्त आवमा बङ्गलादेशबाट रु एक अर्ब ४८ करोड ९० लाख ४२ हजार मूल्य बराबरको मालसामान आयात भएको थियो भने नेपालबाट रु दुई अर्ब नौ करोड ६७ लाख ५४ हजार मूल्य बराबरको सामान बङ्गलादेश निर्यात भएको थियो ।  यसैगरी, आव २०६९/७० मा रु ५८ करोठ २७ लाख ४९ हजार, आव २०६८/६९ मा रु एक अर्ब १४ करोड ९० लाख ११ हजार र आव २०६७/६८ मा रु दुई अर्ब ३९ करोड ६९ लाख ११ हजार व्यापार नाफा भएको मेची भन्सार कार्यालयले जनाएको छ । मेची उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले बङ्गलादेशमा नेपाली उत्पादन निर्यात गर्ने विषयमा सरकारले चासो बढाउनुपर्ने धारणा राखे । चार वर्षदेखि पूर्वीनाका (स्थलमार्ग)बाट बङ्गलादेशी पर्यटक आगमनमा भारतीय पक्षको नीतिगत अवरोध भइरहेको जनाउँदै उनले पर्यटक आगमनको वातावरण बनाउन सके व्यापारमासमेत चलहपहल बढ्ने बताए ।  ‘कोभिडदेखि काँकरभिठ्ठाबाट बङ्गलादेशी पर्यटक आउन ठप्प भइरहेको छ,’ उनले भने, ‘नेपाली अलैंची, अदुवा, इस्कुस, किबी जस्ता कृषि उपजको बङ्गलादेशमा ठूलो माग छ । निर्यात कसरी गर्ने भन्ने बारेमा नेपाली पक्षले छलफल नै चलाएको छैन ।’ रासस

पोखरामा घुम्ती पसल र ठेलामा व्यापार गरे सामान जफत गरिने

११ असार, पोखरा। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि निषेधित क्षेत्रमा फलफूल, ठेलागाडा, तरकारी, घुम्ती पसल राखे सामान जफत गर्ने भएको छ। १३ औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले निषेधित क्षेत्रमा व्यापार गर्नेहरुको सामान जफत गर्ने प्रस्तावसहितको विधेयक प्रस्तुत गरेकी हुन्। चालु आर्थिक वर्षको आर्थिक ऐनमा निषेधित क्षेत्रमा ठेलागाडा व्यापार गरे ५ हजार जरिवाना गर्ने उल्लेख थियो। […]

तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन्

काठमाडाैँ – तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको ज्याला नपाउँदा छ सय ४२ मजदुरलाई हात–मुख जोड्न नै समस्या भएको हो । दैनिक मजदुरी गरी खानेलाई सिल्क, शारदा, नमस्ते ट्रान्सपोर्ट, रेवाङ लजिस्टिकलगायतका ट्रान्सपोर्ट कम्पनीले […]

श्रीराम सुगर मिल्सको सामान चोरी

रौतहट । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सको मेशिन सञ्चालन गर्ने मोटर र केही फलामे सामान चोरी भएको छ । दुई वर्षदेखि बन्द रहेको मिलमा सुरक्षा प्रबन्ध नहुँदा सामान चोरी भएको हो । बन्द मिलको बाहिरी भागको रेखदेखका लागि चौकीदार भए पनि भित्रबाट सामान चोरी भएको छ । मिलको फलाम चोरी गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई  पक्राउ गरेको छ । मिलका सहायक प्रशासकीय अधिकृत श्याम यादवले प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी कारबाही गरेपछि सामान फेला परेको बताए । मिलको वरपर पर्याप्त घेराबार नभएको र सुरक्षा गार्ड अभावले सामान चोरी भएको उनको भनाइ थियो । मिलको पूर्वी भागका घेराबार स्थानीयले भत्काइदिएकाले त्यहीँबाट चोर भित्र पसेको अनुमान गरिएको छ । अहिले ५/६ जना सुरक्षागार्डले मिलको रेखदेख गरिरहे पनि गाउँका मानिस मिलमा पस्ने गरेको बताइएको छ । लामो समय बन्द मिलको केही सामान चोरी हुनुका साथै  मर्मत र सरसफाइ अभावले अधिकांश मेशिनमा खिया लाग्न थालेको यादवले बताए । मिल बन्द हुनुअगावै २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ घाटा बेहोरेको मिल प्रशासनले जानकारी दिएको छ । पछिल्लो १० वर्षसम्म लक्ष्यभन्दा कम उखु क्रसिङ गर्न थालेपछि मिलले घाटा बेहोर्नुपरेको थियो । पछि किसानको बक्यौता रकम तिर्न नसकेपछि बन्द भएको उखु उत्पादक संघ रौतहटले बताएको छ । श्रीराम सुगर मिल स्थापनाको केही वर्षसम्म मुनाफामा चले पनि  १० वर्षयता १५/२० लाख क्विन्टलभन्दा कम उखु क्रसिङ गर्न थालेपछि घाटामा गएको हो । २६ वर्षदेखि सञ्चालनमा रहेको चिनी मिल बन्द हुँदा उखु किसान मर्कामा परेका छन् । अहिले जिल्लामा बाबा वैद्यनाथ चिनी मिल मात्र सञ्चालनमा छ ।

मुगुकाे माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन

मुगु  – मुगुस्थित माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेकाे छ। ०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना भएकाे प्रयोगशाला कर्मचारी अभावका कारणा प्रयाेगविहीन भएकाे हाे। प्रयोगशालाका सामान प्रयोगमा नआउँदा कृषि विकास कार्यालयको एक कोठामा थन्किएको छ। प्रयोगशालामा लाखौँ पर्ने बहुमुल्य सामग्री छन्। जिल्ला कृषि बिकास कार्यालय मुगुका अनुसार कर्मचारी र बजेट पाए प्रयोगशाला  सञ्चालन हुने जनाएकाे छ। कार्यालय […]

मुगुको माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन

मुगु- मुगुस्थित माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । ०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना भएको प्रयोगशाला कर्मचारी अभावका कारण प्रयोगविहीन भएको हो । प्रयोगशालाका सामान प्रयोगमा नआउँदा कृषि विकास कार्यालयको एक कोठामा थन्किएको छ । प्रयोगशालामा लाखौँ पर्ने बहुमूल्य सामग्री छन् । जिल्ला कृषि विकास कार्यालय मुगुका अनुसार कर्मचारी र […]

दसैँका लागि नेपाली व्यवसायीले झिकाएका सामान खासा र केरुङमै थन्किए

काठमाडौँ । दसैँका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । हजारभन्दा बढी कन्टेनरले पालो पर्खिँदा चिनियाँ अधिकारी खटाई खटाइ पठाउँदै छन्, जसलाई हेरेर आयातकर्ताले मालसामान दसैँमा बेच्न पाउने आस मारेका छन् । तातोपानी र रसुवा स्थलमार्गबाट हुँदै आएको निर्यात व्यापार ६ वर्षदेखि पूर्ण रूपमा बन्द छ । भूकम्पपछि […]

चीनमा व्यापार गर्ने नेपाली व्यापारी २ वर्षदेखि बेरोजगार

काठमाडौ, भदौ १७ । चीनको तिब्बत क्षेत्रलाई आधार बनाएर व्यापार गर्ने नेपाली व्यापारीहरू करीब २ वर्षदेखि बेरोजगार भएका छन् । कोरोना महामारीका कारण चीनले नेपाली व्यापारीहरूलाई आफ्नो मुलुकमा प्रवेश गर्न र नेपाली सामानलाई समेत चीन निर्यातमा रोक लगाएपछि चीनको तिब्बत क्षेत्रमा सामान निर्यात गर्ने र त्यहाँ बसेर व्यापार गर्दै आएका नेपाली व्यापारीहरू २ वर्षदेखि बेरोजगार […]

महामारीमा फस्टाउँदै अनलाइन व्यापार, घरमै आइपुग्छ सामान

काठमाडौं : देश दुई वर्षदेखि कोभिड–१९ संक्रमणमै रुमलिएको छ। कोरोनाका कारण व्यापार नहुँदा होटल सञ्‍चालकदेखि लत्ताकपडा व्यवसायीसम्म मारमा परेका छन्।अहिले पनि उपत्यकाभित्र निषेधाज्ञा कायमै छ। आवतजावतमा खासै समस्या नभएपनि ठूला सपिङ मलहरू पूर्णतः खुलिसकेका छैनन्‌। पसलमै पुगेर सामान छानेर खरिद गर्न पनि जोखिमपूर्ण छ।महामारीकै बेला केही व्यवसाय भने निकै फस्टाएका छन्‌। तिनै व्यवसायमध्ये एक हो-अनलाइन व्यापार। पसलमा भौतिक रूपमै उपस्थित भएर सामान खरिद गर्न नसकेका/

जलहरी

‘के नचाहिँदो कुरा गरेको ? कति वर्षदेखि स्वस्थानीको व्रत लिइराखेकी छौं । कहिले केही चाँहिदैन थियो । कुनै सामान नपुग्दा खोलाको बालुवाको बनाए पनि हुन्छ भन्ने कथा सुनाएको होइन ? फेरि अहिले एक्कासि त्यत्रो सुन किन चाहियो ?’...