BREAKING १३ घण्टाको छलफलपछि एमाले कार्यदलले जुटायो सहमति

१३ घण्टा लामो छलफल पछि नेकपा एमालेको कार्यदलले सहमति जुटाएको छ । अर्थ मन्त्रालय सिंहदरबारमा आइतवार राति कार्यदलले सहमति जुटाएको हो । सहमतिबारे कार्यदलका संयोजक सुवास नेम्वाङ र भीम रावलले ब्रिफिङ गरिरहेका छन् । कार्यदलका संयोजक रावलले पार्टी बिवाद अन्त्य गर्न १० बुँदे सहमति भएको जानकारी दिए ।  कार्यदलका सदस्य एवं एमाले सचिव प्रदीप ज्ञवालीले सहमति पत्र बाचन गरेर सुनाएका थिए । सहमतिमा प्रतिनिधि सभा विघटन र सरकारको सम्बन्धमा संस्थागत निर्णय गर्ने उल्लेख छ ।   

सम्बन्धित सामग्री

ओली–प्रचण्ड : सत्ताले फुटायो, सत्ताले जुटायो

आलोपालो प्रधानमन्त्री हुने सहमति कार्यान्वयनलाई लिएर सुरु भएको विवादले नेकपालाई विभाजनसम्म पुर्‍याएको थियो । अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली तयार भएसँगै सत्ताकै कारणले फुटेको एमाले र माओवादी केन्द्र सत्ताकै कारण जुटेका छन् ।

प्रधानमन्त्री पदले फुटाएको ओली–दाहाललाई प्रधानमन्त्रीले नै जुटायो

काठमाडौँ – ओलीले प्रधानमन्त्री पद दिन अस्वीकार गरेपछि सुरु भएको असन्तुष्टि उत्कर्षमा पुगेर टुटेको केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध प्रधानमन्त्री पद दिएर फेरि सुरु भएको छ। २०७४ सालमा वाम गठबन्धन बनाएर चुनावमा जानुअघि नै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भविष्यमा पार्टी एकता गर्ने र प्रधानमन्त्रीमा आधा–आधा कार्यकाल बाड्ने सहमति भयो। […]

एमाले कार्यदलले जुटायो १० बुँदे सहमति, माधव नेपालको शक्ति बाँडफाँडबारे मौन

सिंहदरबारमा १२ घण्टा भन्दा बढी भएको छलफलले एकता टुंगोमा पुर्‍याउन १०बुँदे सहमति गरेको हो । १०बुँदे सहमतिमा पार्टीको नवौं महाधिवेशन अनुसार निर्वाचित कमिटीलाई २ जेठ २०७५ को अवस्थामा पुर्‍याइने उल्लेख छ । यस्तै एकतासँग मेल नखाने निर्णयहरू बदर गरिने मस्याैदामा उल्लेख छ ।

एमाले कार्यदललले जुटायो १० बुँदे सहमति

काठमाडौं। नेकपा एमालेको विवाद समाधान कार्यदलले पार्टी एकताका सम्बन्धमा १० बुद्धे सहमति गरेको छ। आइतवार दिनभर बसेको कार्यदलको बैठकले १० बुँदे सहमतिमा हस्ताक्षर गरेको हो। पार्टीको आन्तरिक समस्या विधिसम्मत समाधान गर्ने लगायतका विषयमा कार्यदलले सहमति जुटाएको एमाले प्रवक्ता एवंम कार्यदल सदस्य प्रदिप ज्ञवालीले बताए।

एमाले कार्यदलले जुटायो सहमति, भोलि अन्तिम रुप दिइने

काठमाडौं । पार्टीको विवाद समाधानका लागि गठित एमाले कार्यदलको आजको बैठक सहमतिमा टुंगिएको छ। कार्यदलका सदस्य प्रदिप ज्ञवालीका अनुसार सहमतिको दस्ताबेजलाई भोलि पुनः बैठक बसेर अन्तिम रुप दिइने छ। भाषिकसँगै अन्य परिमार्जन गरेर भोलि सहमतिको दस्ताबेज सार्वजनिक गरिने उनले बताए। कार्यदलले शुक्रबार झण्डै ७ घण्टा अर्थ मन्त्रालयमा छलफल गरेको थियो।