एमाले कार्यदलले जुटायो सहमति, भोलि अन्तिम रुप दिइने

काठमाडौं । पार्टीको विवाद समाधानका लागि गठित एमाले कार्यदलको आजको बैठक सहमतिमा टुंगिएको छ। कार्यदलका सदस्य प्रदिप ज्ञवालीका अनुसार सहमतिको दस्ताबेजलाई भोलि पुनः बैठक बसेर अन्तिम रुप दिइने छ। भाषिकसँगै अन्य परिमार्जन गरेर भोलि सहमतिको दस्ताबेज सार्वजनिक गरिने उनले बताए। कार्यदलले शुक्रबार झण्डै ७ घण्टा अर्थ मन्त्रालयमा छलफल गरेको थियो।