ओली–प्रचण्ड : सत्ताले फुटायो, सत्ताले जुटायो

आलोपालो प्रधानमन्त्री हुने सहमति कार्यान्वयनलाई लिएर सुरु भएको विवादले नेकपालाई विभाजनसम्म पुर्‍याएको थियो । अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली तयार भएसँगै सत्ताकै कारणले फुटेको एमाले र माओवादी केन्द्र सत्ताकै कारण जुटेका छन् ।