समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैकिङ

वैशाख ५, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।  कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सम्पूर्ण कार्यहरु आरबिबि मर्चेण्टबाट हुनेछ । कम्पनीले उक्त कार्यहरुको गर्नको लागि वैशाख ३ गतेदेखि आरबिबि मर्चेण्ट बैकिङ्ग लिमिटेड टेकुलाई नियुक्त गरेको जानकारी दिएको छ । 

सम्बन्धित सामग्री

समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार असार २४ गतेबाट

समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार असार २४ गतेबाट

समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार असार २४ गतेबाट

समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार असार २४ गतेबाट

समता घरेलु लघुवित्तले ५.४२ प्रतिशत सेयर बोनस दिने

२५ मंसिर, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५.४२२२ प्रतिशत सेयर बोनस दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सो बोनस सेयर र कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत वर्ष कम्पनीले ३ प्रतिशत नगद र १५ प्रतिशत सेयर बोनससहित कुल १८ प्रतिशत लाभांश […]

निष्क्रिय कर्जा बढेसँगै समता घरेलु लघुवित्त पहिलो त्रैमासमा नोक्सानीमा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा रू. ४७ लाख ९५ हजार नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीले रू. ५३ लाख १६ हजार नाफा कमाएको थियो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकोले नोक्सानीमा गएको हो ।  गत आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ४१ प्रतिशत रहेकोमा चालू आवमा बढेर ७ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा ३३ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. ५ करोड १० लाख रहेकोमा चालू आवमा घटेर रू. ३ करोड ३९ लाखमा झरेको छ ।  चुक्ता पूँजी रू. ३९ करोड ४१ लाख रहेको कम्पनीले जगेडामा रू.१० करोड ३२ लाख र रिटेन्ड अर्निङमा रू. १ करोड ४९ लाख सञ्चिति गरेको छ । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८७ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव ९९ र तरलता अनुपात १६ दशमलव ७५ प्रतिशत छ ।

स्वरोजगार र समता घरेलु लघुवित्त मर्जरमा जाने

१९ पुस, काठमाडौं । स्वारोजगार लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । १८ पुस सोमबार दुई संस्थाबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने गरी दुई संस्थाबीच मर्जरकेा सम्झौता भएको छ । मर्जरपछि […]

समता घरेलु लघुवित्त र एनआईबिएल एस क्यापिटलबीच सम्झौता

समता घरेलु लघुवित्त वित्तीय संस्थाले साधारण सेयरको थप सार्वजनिक निष्काशन गनका लागि प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आफ्नो सेयर संरचना ७०ः३० (संस्थापक : सर्वसाधारण) कायम हुने गरी थप सार्वजनिक निष्काशनमार्फत् सर्वसाधारणलाई जारी हुन बाँकी सेयर २,८९,४४० कित्ता साधारण सेयरको थप सार्वजनिक निष्काशन गन लागेको हो ।सो सम्झौतामा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी […]

सार्वजनिक निष्काशन प्रत्याभूति गर्न सम्झौता

समता घरेलु लघुवित्त वित्तिय संस्था एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सार्वजनिक निष्काशन प्रत्याभूति गर्न सम्झौता भएको छ । दुई संस्थाबीच शुक्रबार सार्वजनिक निष्काशन प्रत्याभूति गर्न सम्झौता भएको हो ।सम्झौता पत्रमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।समता घरेलु लघुवित्त वित्तीय संस्थाको बाँकी रहेको शेयर सर्वसाधारणका लागि निष्काशन गर्न आईबिएल एस क्यापिटलसँग

समता घरेलु लघुवित्तको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट

समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले यसका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङलाई नियुक्त गरेको छ । सो सम्झौतापत्रमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।साविक समता लघुवित्त वित्तीय […]

दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्य सकरात्मक सर्किट लागेका छन्। समता घरेलु लघुवित्त र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो। नेप्सेमा कुनै कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेपछि सर्किट लागेर कारोबार रोकिने व्यवस्था छ। १० प्रतिशतको मूल्यृवृद्धिसँगै समताको सेयर मूल्य ६०५ र महिलाको ४१ सय ५८ पुगेको छ।