स्वरोजगार र समता घरेलु लघुवित्त मर्जरमा जाने

१९ पुस, काठमाडौं । स्वारोजगार लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । १८ पुस सोमबार दुई संस्थाबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने गरी दुई संस्थाबीच मर्जरकेा सम्झौता भएको छ । मर्जरपछि […]

सम्बन्धित सामग्री

समता घरेलु लघुवित्तको साधारण सभा चैत २९ मा, यी प्रस्ताव पेस हुने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा चैत २९ गते गर्ने भएको छ । चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते काभ्रेपलान्चोकको बनेपा-७ स्थित नमोबुद्ध ब्याक्वेट एण्ड इभेन्टमा बिहान ११ः३० बजे साधारण सभा गर्ने जानकारी दिएको हो ।  सभाले गत आवको मुनाफाबाट ५ दशमलव ४२२२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  सभाले एफपीओ निष्कासन गर्ने र कम्पनीले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्नेसम्बन्धी भएका सम्पूर्ण कार्य तथा निर्णय पारित गर्नेछ ।   त्यस्तै सभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति गर्नेसम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने र गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पूरा गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।   यस्तै गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित हुनेछ ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत १९ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा चैत १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनी मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

२० ओटा लघुवित्त कम्पनी मर्जर तथा प्राप्ति प्रक्रियामा, कसको कोसँग ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा मर्जरको लहर चलेको छ । बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाउन नेपाल राष्ट्र बैंकले मर्जरमा सेवा सुविधा प्रदान गरेपछि धमाधम गाभिन थालेका हुन् । विशेषगरी वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरूको संख्या घटाउन मर्जरमा जोड दिइएको छ । मर्जरका माध्यमबाट वाणिज्य बैंक र लघुवित्तको संख्या घटाउन नेपाल राष्ट्र बैंकले प्रोत्साहन गर्न थालेपछि हालसम्म १० ओटा वाणिज्य बैंकको मर्जर तथा प्राप्ति सम्पन्न भई पाँच ओटा कायम भएका छन् । यससँगै वाणिज्य बैंकको संख्या २१ मा झरेको छ ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत नै निरन्तरता दिएको थियो । सोहीअनुसार पछिल्लो समय लघुवित्त कम्पनीहरूमा पनि मर्जरको लहर चलेको देखिन्छ । हालसम्म २० ओटा लघुवित्त कम्पनीले मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । तीमध्ये केहीले एकीकृत कारोबार पनि थालिसकेका छन्, केही भने मर्जरका लागि नियामक निकायको स्वीकृति पर्खिंदै छन् । लघुवित्त मर्जरका लागि राष्ट्र बैंकबाट र नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाउनुपर्छ ।  पछिल्लो पटक सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेदेखि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू गरिसकेका छन् ।  त्यस्तै समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिन सेबोनबाट पूर्वस्वीकृति लिइसकेका छन् । पुस २८ गते समान अनुपातमा मर्जरमा जान सहमति गरेका यी दुई कम्पनीले एक आपसमा गाभिने प्रस्ताव विशेष साधारण सभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरेपछि एकीकृत कारोबार शुरू गर्नेछन् । डीडीए रिपोर्ट फरक आएमा सोहीबमोजिम मर्ज हुने समता लघुवित्तले जानकारी गराएको छ । समता घरेलु लघुवित्तले साधारण मर्जरसम्बन्धी प्रस्ताव सभाबाट पारित गरिसकेको छ भने स्वरोजगार लघुवित्तको बाँकी छ । अब स्वरोजगार लघुवित्तले साधारण सभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै एकीकृत कारोबार शुरू हुनेछ ।  मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तबीच गत पुस ११ गते एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यी कम्पनीहरूले पनि समान हैसियतमा मर्जरमा जाने सम्झौता गरेका हुन् । मर्जरसम्बन्धी अन्तिम सम्झौता एक हप्ताभित्र हुने मिर्मिरे लघुवित्तले जानकारी दिएको छ । दुवै कम्पनीको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेर नियामक निकायको स्वीकृतिपछि एकीकृत कारोबार शुरू हुनेछ ।  त्यस्तै धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाले मङ्सिर १८ गते मर्जरसम्बन्धी सम्झौता गरेका हुन् । दुवै कम्पनीलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले पुस १८ गते सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । यी दुवै कम्पनीले विशेष साधारण सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । बाँकी प्रक्रिया पूरा गरेर नियामक निकायको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार शुरू हुनेछ ।  नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिन असोज २६ गते सम्झौता गरेका थिए । राष्ट्र बैंकबाट मर्जरमा जान सैद्धान्तिक स्वीकृति लिइसकेका दुवै लघुवित्त प्रारम्भिक सम्झौताअनुसार १००ः८२ स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अब मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीले विशेष साधारण सभाले पारित गरेपछि प्रक्रिया अगाडि बढ्ने जानकारी दिइएको छ ।  डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच गत असोज १४ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने  समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुवै कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका छन् । दुवै कम्पनी समान हैसियतमा एक हुन लागेका हुन् । अन्तिम सम्झौता गरेका यी कम्पनीले एकीकृत कारोबारका लागि भने नियामक निकाय नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय र सेबोनबाट पनि स्वीकृति लिनुपर्नेछ । नियामकको स्वीकृति लिई एकीकृत कारोबारका लागि तयारी अघि बढाइएको जानकारीसमेत कम्पनीले दिएको छ ।  त्यस्तै सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जरमा जान पुस १ गते समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यी कम्पनीले पनि आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकायको स्वीकृतिपछि मर्जरपश्चात् विशेष साधारण सभाबाट पारित गरेपछि एकीकृत कारोबार शुरू गर्नेछन् ।  त्यस्तै विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मङ्सिर २६ गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई कम्पनी समान अनुपातमा मर्जरमा जान लागेको हुन् । मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न यी दुवै कम्पनीले चैत २८ गते साधारण सभा बोलाएका छन् । अब साधारण सभाबाट पारित भएपछि आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकायबाट स्वीकृतिपछि एकीकृत कारोबार शुरू हुनेछ ।  साना किसान विकास लघुवित्त संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । यी दुवै कम्पनीले एकआपसमा गाभ्ने÷गाभिने वा मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । साना किसानको १ शेयर बराबर १ शेयर कायम हुने तथा आरएमडीसी लघुवित्तको १ शेयर बराबर ०.८७ शेयर (शेयर अनुपात १ः०.८७) कायम हुने गरी फागुन १८ गते दुवै संस्थाका सञ्चालक समितिहरूले हस्ताक्षर गरेका हुन् । मर्जरसम्बन्धी प्रस्ताव साधारण सभाबाट दुवै कम्पनीले पारित गरिसकेका छन् । अब आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकायको स्वीकृति पाएपछि एकीकृत कारोबार शुरू गर्नेछन् ।  मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जान चैत २ गते समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । त्यस्तै समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले २०७७ असोज ५ गते एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

६ ओटा लघुवित्त कम्पनीद्वारा एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन

काठमाडौं  । ६ ओटा लघुवित्त कम्पनी एफपीओ निष्कासन गर्ने तयारी प्रक्रियामा लागेका छन् । यी ६ ओटा कम्पनीले एफपीओ निष्कासनका लागि विभिन्न समयमा नेपाल धितोपत्र बोर्डमा निवेदन दिसकेका छन् । यी कम्पनीलाई बोर्डले स्वीकृति दिएमा एफपीओ निष्कासन गर्नेछन् ।  एफपीओ निष्कासन गर्न किसान, मिर्मिरे, युनिक नेपाल, उन्नति सहकार्य, समता घरेलु र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले विभिन्न मितिमा बाोर्डमा निवेदन दिएका छन् । पूँजी संरचना मिलाउन यी लघुवित्त कम्पनीले एफपीओ निष्कासन गर्ने भएका हुन् ।  सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने व्यवस्था रहेको छ । सोही प्रावधान अनुसार यी कम्पनीले एफपीओ निष्कासन गर्न लागेका हुन् ।  सबैभन्दा बढी कित्ता एफपीओ किसान लघुवित्तको  किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । उक्त एफपीओ निष्कासन गर्न कम्पनीले २०७८ असार २९ गते निवेदन दिएको थियो । बोर्डबाट स्वीकृति पाएपछि मात्र यो कम्पनीले एफपीओ निष्कासन गर्नेछ । कम्पनीको एफपीओ विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू. ५ करोड १४ लाख नाफा कमाएको छ ।  नयाँ सारथी लघुवित्त वित्तीय संस्था  नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्न गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । यस कम्पनीले निष्कासन गर्न लागेको एफपीओ विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिएसँगै यो कम्पनीको नाम नयाँ सारथी लघुवित्त वित्तीय संस्था भएको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ६ करोड ४० लाख  नाफा कमाएको छ ।  मिर्मिरे लघुवित्त वित्तीय संस्था  यो कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो  । कम्पनीले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा उक्त एफपीओ निष्कासन गर्न सेबोनमा २०७८ कात्तिक  २३ गते निवेदन दिएको थियो । कम्पनीले निष्कासन गर्न लागेको एफपीओ विक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एफपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १७ करोड ४९ लाख नाफा कमाएको छ ।  समता घरेलु लघुवित्त वित्तीय संस्था यो कम्पनी प्रतिकित्ता रू. १५९ दशमलव शुन्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले एफपीओ निष्कासन गर्न २०७८ चैत २९ गते सेबोनमा निवेदन दिसकेको छ । यो कम्पनीको एफपीओ विक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर भई समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ५ करोड ३६ लाखमा नाफा कमाएको छ ।  उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था  यो कम्पनीले प्रतिकित्ता रू.१५९ मा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गर्न २०७८ चैत २५ गते सेबोनमा निवेदन दिएको छ । उक्त एफपीओ विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  यो कम्पनी उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपमा गाभिएपछि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । यस कम्पनीले चालू आवको चैत मसान्तसम्म रू. ३ करोड ७९ लाख नाफा कमाएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था   यो कम्पनी प्रतिकित्ता रू. १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा छ । कम्पनीले उक्त एफपीओ निष्कासनका लागि २०७८ चैत १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । एफपीओ विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  यो कम्पनी साविकको युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेपश्चात् युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ७ करोड २७ लाख नाफा कमाएको छ ।  स्रोत : नेपाल धितोपत्र बोर्ड

समता घरेलु लघुवित्तको शेयर कारोबार फुकुवा

काठमाडौं, २१ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समता घरेलु लघुवित्त र घरेलु लघुवित्त मर्जर प्रयोजनार्थ रोकिएको शेयर कारोबार फुकुवा गरेको छ । दुई कम्पनी गाभिएका पछि कायम भएको २८ लाख ५६ हजार २०१.६० कित्ता शेयर सुचीकृत भएपछि मर्जरको लागि रोक्का भएको संस्थापक शेयर कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।

मर्जर पश्चात खुलेको समता घरेलु लघुवित्तको शेयरमूल्य १० % बढ्यो

वैशाख २१, काठमाडौं । मर्जरपछि कारोबार खुलेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य मंगलवार १० प्रतिशतले वृद्धि भएको छ ।  योदिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०५ पुगेको हो । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था बीच एक आपसमा मर्जरमा गएपछि समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट मंगलवारदेखि शेयर कारोबार खुला भएको हो ।  कम्पनीको शेयर प्रतिकित्ता रू. ५५० मा खुला भएको थियो । दुई कम्पनी बीच एक आपसमा मर्जमा भई एकीकृत कारोबार शुरु गरेपछि शेयर कारोबार खुला भएको हो ।

समता घरेलु लघुवित्तको शेयर सूचीकृत तथा कारोबार फुकुवा

वैशाख २०, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  समता लघुवित्त र घरेलु लघुवित्त एक आपसमा गाभिएपछि  कायम भएको २८ लाख ५६ हजार २०१ दशमलव ६० कित्ता शेयर सूचीकृत भएको हो ।  साथै मर्जर प्रयोजनको लागि रोक्का राखेको शेयर फुकुवा भएको कम्पनीले नेप्से मार्फत जानकारी गराएको छ ।अव कम्पनीको शेयर मंगलवारदेखि कारोबारमा आउनेछ ।

समता लघुवित्तसँग मर्जरमा गएको घरेलु लघुवित्तको नाफा २७ लाख ७६ हजार

वैशाख १७, काठमाडौं । समता लघुवित्त वित्तीय संस्था सँग मर्जरमा गएको घरेलु लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासमा रू. २७ लाख ७६ हजार खुद नाफा कमाएको छ ।  गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ५९ हजार नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ ।   चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू.७ करोड ३ लाख ५० हजार रहेको छ भने जगेडा रू. १२ लाख ५० हजार ऋणात्मक रहेको छ ।  खुद ब्याज आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७८ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ९८ लाख २ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १ करोड ७५ लाख २६ हजार पुगेको हो । यस घरेलु लघुवित्त वित्तीय संस्था र समता लघुवित्त वित्तीय संस्था बीच एक आपसमा मर्जर भएर हाल समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट गत वैशाख २ गतेदेखि एकीकृत कारोबार  भइरहेको छ । वित्तीय विवरण प्रकाशित गरेता पनि हाल कानूनी रुपमा उक्त कम्पनीको अस्तित्व भने छैन ।

समता लघुवित्त र घरेलु लघुवित्तको एकीकृत कारोबार आजदेखि शुरु

वैशाख २, काठमाडौं । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था एकापसमा मर्जरमा गएपछि समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट बिहीवारदेखि एकीकृत कारोबार शुरु भएको छ । ती दुबै कम्पनीको रजिष्टर्ड कार्यलय काभ्रेको बनेपामा रहने गरी समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको हो । दुबै कम्पनीको गत पुस १४ गते सम्पन्न छुट्टा छुट्टै वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । समता लघुवित्तको चुक्तापूँजी रू. २२ करोड ९३ लाख र घरेलु लघुवित्तको रू. ७ करोड ३ लाख रहेको छ । मर्जर पछि बनेको कम्पनीको चुक्तापूँजी रू. २९ करोड ९६ लाख ९० हजार पुगेको छ ।