अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गर्नु भएको छ । बहुचर्चित सामाजिक सञ्जालहरु ट्वीटर र फेसबुकले उहाँका आधिकारीक “एकाउन्ट” हटाइदिएपछि उहाँले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गर्नु भएको हो । अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनका बेलामा तत्कालिन राष्ट्रपति ट्रम्पले आफै भ्रम फैलाएको, सामाजिक सद्भावलाई असर पारेको लगायतका आरोप …