नेपालमा विद्युतीय सवारीसाधनमा सर्वसाधरणहरुको चासो र आकर्षण बढ्न थालेको छ । गत शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको ईभी नेपाल एक्स्पोमा सर्वसाधरणहरुको आकर्षण देखिएको हो । तीन दिनसम्म सञ्चालन भएको एक्स्पोमा दैनिक ७ सय भन्दा बढी विद्युतीय सवारी साधन अवलोकन कर्ता आएको आयोजकले बताएको छ । नेपालमा विद्युतीय सवारी प्रोत्साहन गरी सर्वसाधरणलाई विद्युतीय सवारी साधनको बारेमा जानकारी दिन सफल भएको आयोजकले बताएको छ । ईभी एक्स्पोका आयोजक नारायण क्षेत्रीले तीन दिन भएको एक्स्पोमा विद्युतीय