विराटनगर । मोरङको धोबेनमा महिलाहरूले चलाएको सहकारीको मूल ढोकाको ताला फुटाएर चोरी भएको छ । शुक्रबार राती मिक्लाजुङ गाउँपालिका–३ धोबेनमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको ३४ लाख रुपैयाँ निक्षेप चोरी भएको हो ।
घटना शंकास्पद देखिएपछि प्रहरीले १ जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले सहकारीको आर्थिक कारोबार हेर्ने कर्मचारी मेनुका नेपाली (शिवा)लाई नियन्त्रणमा लिएको हो । घटनामा उनको संलग्नता यकिन भइनसकेको प्रहरीले जनाएको छ । प्रहरीले सहकारीकी अध्यक्ष मीना कार्की, प्रबन्धक प्रकाश खनालसहित अन्य पदाधिकारी र कर्मचारीमाथि पनि सोधपुछ गर्ने काम भइरहेको जानकारी दिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट...