७ सहकारीबाट झण्डै ४४ लाख नगद र ९ तोला सुन चोरी गर्ने गजुरेल पक्राउ

काठमाडौंको विभिन्न सहकारी संस्थामा चोरी गर्ने १ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा नुवाकोट बेलकोट नगरपालिका ९ का २२ वर्षीय दिपक गजुरेल रहेका छन् । प्रहरी परिसर काठमाडौं र वृत्त सिंहदरबारबाट परिचालन भएको विशेष टोलीले काठमाडौंको गौशालाबाट गजुरेललाई पक्राउ गरेको हो । गौशलामा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गजुरेलले विभिन्न समयमा विभिन्न सहकारीबाट ४३ लाख ९७ हजार ३ सय २६ रुपैयाँ, ९ तोला सुन र १/१ थान मोबाइल तथा ल्यापटप चोरी गरेका छन् । ...

सम्बन्धित सामग्री

बुटवलमा सटर फोडेर ५ करोडको सुन चोरी गर्ने समूह पक्राउ, चोरी समूहका सबैजना भारतीय

बुटवल। रुपन्देहीको बुटवलस्थित एक सुनचाँदी पसलबाट चारकिलो बढी सुनसहित ५ लाख नगद चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ

सुन चोरी गरेको आरोपमा दुई जना पक्राउ

दाङमा पाँच तोला सुनका गरगहनासहित नगद चोरी गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्। राप्ती गाउँपालिका–१ निवासी गङ्गादेवी क्षेत्रीको घरबाट पाँच तोला सुनका गरगहनासहित ३९ हजार नगद चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।उनीहरूको साथबाट प्रहरीले सुनको बाला ५ थान, मङ्गलसूत्र दुई थान, सुनको सोली चार थान, निलो बट्टासहितको छ सय, चाँदीको सिक्का एक थान समेत गरी अन्दाजी ४ लाख ५२ हजार बराबरको सुन र ३९ हजार पाँच सय नगद र एक था

पैसा र सुन चोरी गरेको अभियोगमा बर्दियाबाट ३ जना पक्राउ

बर्दियामा विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । भारत राइपुर सेईबजार मुजगाहान “शंकराचार्य कलेज” का अध्यक्ष निशान त्रिपाठीको घरबाट विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा निशानकै घरमा काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका–४ बाउनपुर गाउँ बस्ने २२ वर्षीय जनक थापा, सोही ठाउँ बस्ने ४६ वर्षीय नरबहादुर थापा र उनकै दाइ ४८ वर्षीय छत्र बहादुर थापा रहेका छन् ।उनीहरुले शुक्रबार निशानको घरमा कोही नभएको अवस्थामा नगद १३

सुनका गरगहनासहित नगद चोरी गरी फरार युवक पक्राउ

गोरखा । गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।

सुनका गरगहनासहित नगद चोरी गरी फरार युवक पक्राउ

गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं  ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।पक्राउ परेका सिरानचोक गाउँपालिका–१ घर भएका कुँवरले गत बुधबार घर्तीको कोठमा पसी दराज फोडेर नगद र गरगहना चोरी गरी भागेका थिए । घटनाको

साढे ३३ किलो सुन काण्डः थप दुई पक्राउ

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा थप दुई जनालाई प्रहरीले पक्राउ गरी आज मुद्दा चलाएको छ । मनी सटही काउण्टर चलाएर सुन तस्करीमा नगद कारोवार गरी सहयोग गर्ने झापा, दमक –९ का विनोद अधिकारी र दोलखाका मोतीराम श्रेष्ठलाई संगठित अपराध र अवैध सुन चोरी निकासी पैठारी मुद्दा लगाइएको छ । मोरङ…