आन्तरिक सडकको अवस्था हेरेर मात्र गाडी सञ्चालन गरिने

रोल्पा – रोल्पाका गाउँ–गाउँमा ट्रयाक खोलिएका नयाँ सडकको अवस्था हेरेर मात्र जीप तथा बस सेवा सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पामा जिल्लाका यातायात व्यवसायी र सरोकारवालाहरुबीच छलफल गरी नयाँ ट्रयाक खोलिएका सडकमा ठूला बस सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले अवस्था हेरेर यातायातका साधन सञ्च...

सम्बन्धित सामग्री

खोटाङः दशैं तिहार भित्रियो, सडकको अवस्था अझै नाजुक

खोटाङ । दशैं तिहार नजिकिए पनि खोटाङका कतिपय मुख्य सडक मर्मत गरिएका छैनन् । दशैं तिहारका बेला आवत जावत गर्ने स्थानीयको सहजताका लागि सडक मर्मत सम्भार गर्नुपर्ने भए पनि कतिपय मुख्य सडक नै गाडी गुड्ने अवस्थामा छैनन् । चाडवाड भित्रिसक्दा कतिपय स्थानीय सरकारले आफ्नै क्षेत्रभित्र पर्ने सडक मर्मत गर्न चासो देखाएका छैनन् । मध्यपहाडी लोकमार्ग […] The post खोटाङः दशैं तिहार भित्रियो, सडकको अवस्था अझै नाजुक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णालीको यात्रा ‘भगवान् भरोसा’

कर्णालीको पीडामै सीमित छैन । साँघुरा सडकमा ‘भगवान् भरोसा’मा यात्रा गर्न बाध्य छन्, जनता । अझ सडकछेउमै गाडी झुन्डिएको कहाली लाग्दो दृश्यले त आङै सिरिङ पार्छ । चालक हरिबहादुर कार्की दुःखेसो पोख्छन्, ‘राजमार्गमा यात्रा गर्दा कहिलेसम्म सास्ती खेप्नुपर्ने हो ? केही थाहा छैन ।’ राजमार्गअन्तर्गत दैलेख खण्डको सियाँला, जाक्सी, राकमकर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक छ । कालिकोट सडकखण्डको सुनारखोला, टाकुल्ला, सेरिघाट पिली क्षेत्रमा यात्रु सास्ती बेहोर्दै

वर्षौंसम्म पनि सुध्रिएन रोल्पा सडकको अवस्था

रोल्पा । दिदीको छोराको बिहेमा रुकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुगिन् । बिहेजस्तो अत्यावश्यक काममा हिँडेकी उनलाई विवाहको साइतमा नपुगिने हो कि भन्ने चिन्ता थियो । सदरमुकाम लिवाङबाट परिवर्तन गाउँपालिका–६ इरिवाङ हिँडेकी मेलिना थापाको यात्रा निकै कष्टकर रह्यो । ८ महिनाको छोरीसहित घर हिँडेकी उनलाई समयमै घर नपुगिने कुराले चिन्तित बनाएको थियो । जाडोको याममा बच्चासँगको यात्रा गर्न बाध्य उनलाई बेलुकाको बास कहाँ हुने हो भन्ने चिन्ता थियो । जिल्ला सदरमुकाम लिवाङबाट गंगादेव गाउँपालिका हिँडेका मनोजकुमार वली चढेको गाडी रोल्पा नगरपालिका–७ निम्रीस्थित सडकमा रहेको हिलोमा भासियो । उनले गाडीका स्टाफ र अन्य यात्रुसँगै हिलोमा फसेको गाडी तान्न तम्सिए । लगातार एक घण्टा डोरी लगाएर तानेपछि हिलोमा फसेको गाडी निस्कियो । आचार्य, थापा र वली मात्र हैन सदरमुकाम लिवाङबाट पश्चिम रोल्पाका चार स्थानीय तहसहित रुकुमपूर्व र रुकुमपश्चिम आवतजावत गर्ने यात्रुहरू अचेल यस्तै समस्या भोग्ने गर्दछन् । यसको मुख्य कारण हो रोल्पा नगरपालिका–७ मा पर्ने निम्री सडक । सो सडकले जिल्ला सदरमुकाम लिवाङलाई पश्चिम रोल्पाका आधा दर्जन स्थानीय तहका साथै रुकुमपूर्व र पश्चिम दुई जिल्लालाई समेत जोडेको छ । दैनिक दर्जनौं गाडी ओहोरदोहोर गर्ने उक्त सडकमा यात्रा गर्ने यात्रुहरूलाई कष्टपूर्ण यात्रा गर्न बाध्य हुने गरेका छन् । डेढ घण्टा लाग्ने यात्रामा साढे तीन घण्टा लाग्ने गरेको छ । बाटोको अस्तव्यस्तताले यात्रासमेत अनिश्चित हुने गरेको छ । अत्यावश्यक काम लिएर हिँड्ने यात्रुहरूसमेत बाटोको अवस्थाले कैयौं अवसर गुमाउने गरेका छन् । बाटामा रहेका ठूल्ठूला खाल्डाखुल्डी, झाडी, पहिरो र साँघुरो मोडले यात्रालाई असहज बनाउने गरेका छन् । सडक स्तरोन्नतिका नाममा हरेक वर्ष करोडौं रुपैयाँ खर्च भएको देखिने भए पनि बाटोको अवस्था भने परिवर्तन हुन सकेको छैन । सोही सडक भएर पश्चिम रोल्पाका थवाङ, परिवर्तन, गंगादेव, त्रिवेणी, रुन्टीगढी र माडी गाउँपालिकाका अध्यक्षहरू जिल्ला समन्वय समितिको बैठकमा हरेक महिना सदरमुकाम ओहोरदोहोर गर्दछन् । सोही सडक भएर धार्मिक पर्यटकीय क्षेत्र जलजला र ऐतिहासिक गाउँ थवाङ पुग्ने गरिन्छ । जिल्लाका सबै स्थानीय तहको विकास प्राथमिकतामा सडक सञ्जाल परे पनि वर्षौं बित्दासमेत सडकको अवस्था भने सुधार हुन नसक्नु दुःखद भएको सरोकारवालाको भनाइ छ । जिल्लाका सबै स्थानीय तहले सडक निर्माण तथा मर्मत शीर्षकमा कुल बजेटको झन्डै ६० प्रतिशत विनियोजन गर्ने गर्दछन् । संघीय र प्रदेश सरकारले समेत जिल्लाको सडक निर्माणलाई नै प्राथमिकता दिएको देखिन्छ । विगत पाँच वर्षयता यो क्रमले निरन्तरता पाइरहे पनि जिल्लाका सडकको गुणस्तर भने परिवर्तन हुन नसकेको जिल्लावासीको गुनासो छ । रासस

नेपालको धेरै बिक्री हुन सफल सेडान टाटा टिगोर, मूल्य कति?

नेपालको धेरै बिक्री हुन सफल भएको गाडी हो, सेडान टाटा टिगोर। सो गाडीले नेपाली बजारमा उपभोक्ताबीच एउटा छुट्टै छवि बनाउन सफल भएको कम्पनीको दाबी छ। पछिल्ला महिनाहरूमा टाटा टिगोरले आफूलाई बलियो गरी बजारमा उभ्याएको छ। नेपाली बजारमा यस गाडीका विशेषतालाई सरल भएरै पनि प्रशंसनीय मानिएको छ।  ‘टाटा मोटर्स्ले ग्राहकहरूको सुरक्षालाई सधैँ' उच्च प्राथमिकतामा राखेको छ जसमा टाटा टिगोर एक उत्कृष्ट उत्पादन हो’, कम्पनीले भनेको छ ‘सडकको अवस्था जस्तोसुकै भएपनि सबै यात्रुलाई सुरक्षित राख्न नया“ ट...

दसैँ यात्रा : ‘सडकको अवस्था भद्रगोल छ’

काठमाडौं । नेपालीहरूको महान् चाड दसैँ–तिहार नजिकिँदै छ । दसैँमा गाउँ जाने यात्रुहरूका लागि गएको सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । ट्राफिक प्रहरी र नेपाल प्रहरीको सुरक्षामा उपत्यकाका विभिन्न ठाउँबाट गाडी छुट्ने व्यवस्था मिलाइएको छ । असोज दोस्रो साता लागिसक्दा पनि मनसुन सक्रिय भइरहेको अवस्था छ । केही सडकहरू...

बुटवल–नारायणगढसहित १८ वटा सडक बन्द, कुन सडकको अवस्था कस्तो ?

काठमाण्डाै – बाढी र पहिरोका कारण  १८ वटा राजमार्ग तथा सडक बन्द रहेका छन् । सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोतीमा बाढीले सडक नै बगाएको छ । अहिले सयौँ गाडी लाममा लागेका छन् । गैँडाकोटदेखि बुटवल पुग्न निकै समस्या रहेको प्रहरीले जनाएको छ । यस्तै मुग्लिन–नारायणगढ सडक बन्द हुने र खुल्ने क्रम चलिरहेको छ । सेती दोभानमा बिहान ठूलो पहिरो खसेपछि बन्द भएको सडक दिउँसोदेखि खुलेको छ । मुग्लिन–नारायणगढ सडकको ठाउँ–ठाउँमा माथिबाट ढुङ्गा खस्ने क्रम चलिरहेकाले गाड...

यातायातले विनाश होइन विकास खोजेको छ

नेपालमा भीमफेदीदेखि गाडी बोकेर काठमाडांैसम्म ल्याइएको इतिहास जोडिएको यातायातका सवारी साधनको विकासक्रम अहिले हैसियतअनुसार गाडी खरिद गर्न सकिनेमा जोडिएको छ । समयसँगै मानिसमा परिवर्तनको आकांक्षा बढेको भए पनि अन्याय र अत्याचार गर्ने-गराउने प्रवृत्तिमा भने किञ्चित फेरिएको पाउन सकिएन । सडकमा कैयौं सवारी साधनहरू गुडि नै रहेका छन्, तर सडकको अवस्था ज्यूँका त्यूँ छ । मानवीय […]

पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध : कुन सडकको अवस्था कस्तो ?

काठमाण्डौ – लगातारको वर्षाले ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । काठमाण्डौबाट बाहिरी जिल्ला चल्ने अरु सडकमा समस्या नभए पनि बल्खु हुँदै हेटौंडा निस्कने सडकमा पहिरो खस्दा गाडी चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा पनि पहिरोले सडक अवरुद्ध भएको छ । बुटवल पाल्पा सडक र भोजपुर–धरान...

​सिन्डिकेट पक्षधारी व्यवसायीको आन्दोलनपछि सडकको अवस्था (फोटो र भिडियो)

काठमाडौं, वैशाख २१ – शुक्रबार सडकमा गाडी कम चलेका छन् । सरकारले सिन्डिकेट खारेज गरेको बिरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले हडताल गर...

गाडी उछिन्न हानाथाप

धेरैजसो चालकले छिटो गन्तव्यमा पुगेर अर्को ट्रिप गर्ने लोभमा सडकको अवस्था र दुर्घटनालाई वास्तै नगरी सवारी हाँक्ने गर्छन् । खाल्डाखुल्डीयुक्त सडकमा सवारीसाधनबीच ओभरटेकको प्रतिस्पर्धा हुँदा त्यसको सिकार पैदलयात्रु हुने गरेका छन् ।