काठमाण्डाै – बाढी र पहिरोका कारण १८ वटा राजमार्ग तथा सडक बन्द रहेका छन् । सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोतीमा बाढीले सडक नै बगाएको छ । अहिले सयौँ गाडी लाममा लागेका छन् । गैँडाकोटदेखि बुटवल पुग्न निकै समस्या रहेको प्रहरीले जनाएको छ ।
यस्तै मुग्लिन–नारायणगढ सडक बन्द हुने र खुल्ने क्रम चलिरहेको छ । सेती दोभानमा बिहान ठूलो पहिरो खसेपछि बन्द भएको सडक दिउँसोदेखि खुलेको छ । मुग्लिन–नारायणगढ सडकको ठाउँ–ठाउँमा माथिबाट ढुङ्गा खस्ने क्रम चलिरहेकाले गाड...