२९ वैशाख, खोटाङ । स्थानीय तहको निर्वाचनका लागि खोटाङका सबै वडामा मतदान स्थल तयार पारिएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि १० वटै स्थानीय तहमा स्थानीय सामग्री प्रयोग गरेर मतदान स्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले बताए । खोटाङमा १३६ मतदान स्थलमा १९४ मतदान केन्द्र तोकिएको छ । […]