डोटी । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २६ मतदान स्थल थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका नौ जिल्लामा अब एक हजार १३५ मतदान स्थल कायम भएका छन् । यसअघिको निर्वाचनमा सुदूरपश्चिममा एक हजार १०९ मतदान स्थल रहेका थिए । सबैभन्दा बढी मतदान स्थल बैतडीमा थपिएका छन् । […]