काठमाण्डौ – भोलि हुने मतदानको लागि वसन्तपुरको मतदान स्थल वृद्ध, अशक्त र अपाङ्गमैत्री बनाउने काम सकिएको छ । काठमाण्डौ क्षेत्र नम्बर ८ को १ अन्तर्गत वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा मतदानका लागि बनाइएको मतदान स्थल कार्य सम्पन्न भएको हो ।
महानगरपालिका वडा नम्बर २३ को एउटा मात्रै मतदान स्थल रहेको वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा ५ वटा मतदान केन्द्रहरु निर्माण गरिएको मतदान अधिकृत चन्द्रबहादुर शिवाकोटीले बताउनु भयो । उहाँले मतदानका लागि रोगी, वृद्धवृद्धा, अशक्त र अपाङ्गता भएका नागरिकहरुको लागि...