नेपाल निर्माण व्यवसायी महासंघको १२ औं अधिवेशन यही फागुन अन्तिममा हुने भएको छ । फागुन २७ देखि २९ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा १२ औं अधिवेशन हुन लागेको महासंघले जनाएको हो । अधिवेशनबाट महासंघको अध्यक्षसहित ५९ सदस्यीय कार्य समिति चयन हुने छ । अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएटसहित ८ उपाध्यक्ष र एक महासचिवसहित उक्त कार्यसमिति सदस्य चयन हुने भएको हो ।महासंघको भावी नेतृत्वमा दुई जना प्रत्यासी देखिएका छन् । वर्तमान अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे चुनावी मैदानमा होम