काठमाडौं– सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैंडा मरेको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जले निर्माण व्यवसायीलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन् । सडक विस्तारको काम […]