निर्माण व्यवसायी महासंघ, प्रदेश १ ले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। पछिल्लो समय आकाशिएको मूल्यवृद्धिले निर्माणजन्य कार्यलाई अघि बढाउन नसकिएको जनाउँदै मंगलबार विराटनगरमा महासंघ आवद्ध व्यवसायीहरूले कन्स्ट्रक्स होलिडेका रूपमा विरोध गरेका हुन्। निर्माण व्यवसायी संघ मोरङका महासचिव ध्रुव कार्कीले सरकारलाई समेत मूल्यवृद्धिबारे जानकारी गराउँदा समस्या हल नभएपछि विरोधमा उत्रिनुपरेको बताए। […]