काठमाडौं। यातायात व्यवसायीहरूले सातबुँदे माग राख्दै आज पनि माइतीघरमा प्रदर्शन गरेका छन्। प्रदर्शनसँगै उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सार्वजनिक सवारीसाधनको साँचो बुझाउने बताएका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा गरिएको प्रदर्शनमा यातायात क्षेत्रमा काम गर्नेहरूलाई कोरोनाविरूद्ध खोप, महामारीका कारण संकटमा परेको व्यवसायलाई मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने, यातायातको बीमा छुट लगायतका माग राख्दै आन्दोलनमा छन्।