विराटनगर : प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको संस्थापक सभामुखको हैसियतले नीति र विधिभन्दा बाहिर गएर काम नगर्ने बताएका छन्। संसदीय पत्रकार मञ्च प्रदेश १ को आयोजनामा बिहीबार भएको अन्तरक्रियामा सभामुख भण्डारीले नियमावली र संविधानभन्दा बाहिर गएर कुनै काम नगर्ने बताएका हुन्।सभामुख भण्डारीले अभावका बीच शुरु भएको प्रदेशसभा उत्कृष्ट काम गर्दै प्रदेशसभा भवन बनाउन सफल भएको बताए। प्रदेश सभामा गरिने हरेक गतिविधि नागरिककै लागि भएकले नागरिकका विषयमा सभाले निरन्तर काम गरेको उनको