हुम्लामा पहिलोपटक शव जलाउने पक्की घाट बनेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलोपटक घाट निर्माण गरिएको हो । नदीको तीरमा शव जलाउँदा नदीको बहावबाट बच्न र व्यवस्थित शव जलाउनका लागि घाट निर्माण गरिएको हो ।कर्णाली नदीको तीरमा शव जलाउने घाट निर्माण भएपछि मलामीलाई सहज भएको सिमकोट गाउँपालिका–५ का पुसे रोकायाले बताउनुभयो । ठेहे, सिमकोटलगायत गाउँबाट शव बोकेर घाटसम्म पुग्न दुई÷तीन घण्टा लाग्ने गरेको भए पनि पानीको बहाव बढ्दा नदी किनारमा जलाउन कठिन