शिक्षक मृत्यु प्रकरण : पाटनका विद्यालय बन्द

बैतडी : बैतडीको पाटन नगरपालिका-६ स्थित कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्टको मृत्यु शंकास्पद रहेको भन्दै पाटनका सबै विद्यालय आज बन्द गरिएको छ। बिष्टको न्यायका लागि दबाब दिने भन्दै शिक्षकका पेशागत संघ संगठनहरूले विद्यालय बन्दको घोषणा गरेका हुन्।शिक्षक बिष्ट मृत फेला परेको ३ दिन भइसक्दा समेत घटनाका दोषी पत्ता नलागेको भन्दै विद्यालय बन्दको घोषणा गरिएको हो। शिक्षकका पेशागत संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक बिष्टको मृत्यु शंकास्पद भएकाले निष्पक्ष छानबि

सम्बन्धित सामग्री

बैतडीमा शिक्षक मृत्यु प्रकरण: लगातार यातायात र विद्यालय बन्द

धनगढी- बैतडीमा शिक्षक मृत्यु प्रकरणले लगातार विद्यालय र यातायात बन्द रहेकाे छ। बैतडीका शिक्षक धनबहादुर विष्टको मृत्यु प्रकरणमा बुधबार पनि यातायात अवरुद्ध र पाटनका विद्यालय बन्द रहेका छन्। घटनाकाे सत्यतथ्य छानबीनको माग गर्दै आज पनि थप आन्दोलन चर्किएको छ। मंगलबार गठन भएको संघर्ष समितिले बुधबार बिहानदैखि दशरथचन्द राजमार्ग अवरुद्ध गरेका छन्। यही पुस २ गते […]

शिक्षक मृत्यु प्रकरण : व्यक्तिगत रिसइबीका कारण हत्या

दैलेख : जिल्लाको गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रबहादुर बिसीको हत्या व्यक्तिगत रिसइबीका कारण भएको खुलेको छ। हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले स्थानीय एक महिला र एक पुरुष गरी दुई जनालाई मंगलबार नियन्त्रणमा लिएकामध्ये सोही गाउँपालिका–८ छोटेपोखरा बस्ने डम्मर खड्काकी पत्नी २५ वर्षीय मुना रानाले शिक्षक बिसीको हत्या गरेको खुलेको हो। दैलेख प्रहरीका अनुसार मुनाले व्यक्तिगत रिसइबीका कारण सोमबार राति अन्दाजी १ः३० बज

शिक्षक मृत्यु प्रकरण : शंकास्पद दुई पक्राउ

दैलेख : जिल्लाको गुराँस गाउँपालिका–८ मालिका माध्यमिक विद्यालयका शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बिसीको हत्या आशंकामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 'शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएका छौं। उनीहरूलाई जिल्ला ल्याइँदै छ, बाँकी छानबिनपछि खुल्छ,' उनले भने। प्रहरीले नियन्त्रणमा लिएका दुवै स्थानीय हुन् या बाहिरका खुलाएको छैन।

शिक्षक मृत्यु प्रकरण : एक हप्तादेखि शव अस्पतालमै

डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन् । घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखेपछि विगत सात दिनदेखि शव डडेल्धुरास्थित उपक्...