बैतडीमा शिक्षक मृत्यु प्रकरण: लगातार यातायात र विद्यालय बन्द

धनगढी- बैतडीमा शिक्षक मृत्यु प्रकरणले लगातार विद्यालय र यातायात बन्द रहेकाे छ। बैतडीका शिक्षक धनबहादुर विष्टको मृत्यु प्रकरणमा बुधबार पनि यातायात अवरुद्ध र पाटनका विद्यालय बन्द रहेका छन्। घटनाकाे सत्यतथ्य छानबीनको माग गर्दै आज पनि थप आन्दोलन चर्किएको छ। मंगलबार गठन भएको संघर्ष समितिले बुधबार बिहानदैखि दशरथचन्द राजमार्ग अवरुद्ध गरेका छन्। यही पुस २ गते […]

सम्बन्धित सामग्री

शिक्षक मृत्यु प्रकरण : पाटनका विद्यालय बन्द

बैतडी : बैतडीको पाटन नगरपालिका-६ स्थित कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्टको मृत्यु शंकास्पद रहेको भन्दै पाटनका सबै विद्यालय आज बन्द गरिएको छ। बिष्टको न्यायका लागि दबाब दिने भन्दै शिक्षकका पेशागत संघ संगठनहरूले विद्यालय बन्दको घोषणा गरेका हुन्।शिक्षक बिष्ट मृत फेला परेको ३ दिन भइसक्दा समेत घटनाका दोषी पत्ता नलागेको भन्दै विद्यालय बन्दको घोषणा गरिएको हो। शिक्षकका पेशागत संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक बिष्टको मृत्यु शंकास्पद भएकाले निष्पक्ष छानबि