दैलेख : जिल्लाको गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रबहादुर बिसीको हत्या व्यक्तिगत रिसइबीका कारण भएको खुलेको छ। हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले स्थानीय एक महिला र एक पुरुष गरी दुई जनालाई मंगलबार नियन्त्रणमा लिएकामध्ये सोही गाउँपालिका–८ छोटेपोखरा बस्ने डम्मर खड्काकी पत्नी २५ वर्षीय मुना रानाले शिक्षक बिसीको हत्या गरेको खुलेको हो। दैलेख प्रहरीका अनुसार मुनाले व्यक्तिगत रिसइबीका कारण सोमबार राति अन्दाजी १ः३० बज